भागोप्रमो महानदी तीनधारे समष्टिको चुनाव कमिटी गठनको कार्य शुरु

IMG-20260306-WA0078

पहिलो चुनाव कमिटी घुम्ती कमानमा गठन

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा महानदी तीनधारे समष्टिको आयोजनामा चुनाव कमिटी गठनको लागि घुम्ती कमानको २६६ बुथमा सभा सम्पन्न भएको छ। आगामी चुनावलाई मध्यनजर गर्दै समष्टिको २२ वटै बुथहरुमा चुनाव कमिटी गठनको कार्य शुरु गरिएको छ। उक्त चुनाव कमिटी गठनको लागि प्रथम सभा घुम्ती चियाबारीको बुथ नम्बर २६६ मा महानदी ग्राम पञ्चायतको पञ्चायत प्रधान पासाङ शेर्पाको अध्यक्षतामा सम्पन्न भएको छ। सभालाई पञ्चायत समिति सदस्या सरिता मुखियाले सञ्चालन गरेका थिए। सभालाई भागोप्रमो महानदी तीनधारे समष्टिको सभापति राजीव थापा, हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सभापति सागर गुरुङ, नारी शक्ति समष्टि सभापति निरा प्रधान, सभाध्यक्ष पासाङ शेर्पा आदिले सम्बोधन गरेका थिए। सभामा युवा शक्ति समष्टि सभापति केवल राई, घैयाबारी ग्राम पञ्चायत स्तरीय ब्लक कमिटीको सचिव धिरेन प्रधान, हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन तीनधारे महानदी समष्टिको संयोजक राजेस थापा, महानदी ग्राम पञ्चायत स्तरीय ब्लक कमिटीको सभापति कुसाङ लामा लगायत अन्यहरु उपस्थित रहेका थिए। यसै सभामा घुम्ती चियाबारीको बुथ नम्बर २६६ मा चुनाव कमिटी गठन गरिएको छ। यस चुनाव कमिटीमा मुख्य संयोजक विशाखा राई, सह संयोजकहरु क्रमैले कृष्ण प्रधान, राजेन प्रधान, अर्पण छेत्री, मणिकुमार राईसहितको ३७ जनाको चुनाव कमिटी गठन गरिएको छ।

यस चुनाव कमिटी गठन गरिएको सभा विषयमा पत्रकारहरुलाई सम्बोधन गर्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको प्रवक्ता बिपन विश्वकर्मले‌ विस्तृत रुपमा जानकारी गराएका छन्।

About Author

Advertisement