खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टीभित्र पर्ने सिविटारको बुथ नम्बर २६० अन्तर्गत बाघमारा गोदामटार प्रशाखा कमिटी गठन गरिएको छ। उक्त प्रशाखा कमिटी गठन गर्नको लागि बाघमारा बस्तीमा मोहन प्रधानको अध्यक्षता र प्रमोद छेत्रीको सञ्चालनमा भागोप्रमोको सभा सम्पन्न भएको छ। उक्त सभालाई भागोप्रमो समर्थित ट्रेड युनियन खरसाङ महकुमा समितिको उपाध्यक्ष एंव तीनधारे महानदी जोनल कमिटीको सांगठनिक सचिव जनक छेत्री, पञ्चायत समिति सदस्य एंव भागोप्रमो तीनधारे महानदी समष्टिको उपाध्यक्ष कुसाङ लामा आदिले वक्तव्य राखेका थिए। उक्त सभामा भागोप्रमो बाघमारा गोदामटार प्रशाखा कमिटी गठन गरिएको छ। उक्त प्रशाखा कमिटीमा सभापति सुदिप खड्का, उप सभापति मोहन प्रधान, सचिव प्रमोद छेत्री, सह सचिव विकास लामा, कोषाध्यक्ष विकास लामा, मुख्य सल्लाहकारमा जनक छेत्री, कुसाङ लामा, ओमकार कामी, सनबहादुर तामाङ, मनबहादुर लामा लगायत उपस्थित सबैलाई कार्यकारी सदस्यहरूमा चयन गरिएको जानकारी प्राप्त भएको छ।










