तीनधारे: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको प्रार्थी नवराज छेत्रीको पक्षमा जोगमाया चियाबारीमा चुनावी सभा सम्पन्न भएको छ। उक्त चुनावी सभालाई भागोप्रमो जोगमाया बुथ कमिटीको सभापति जीवन थापाको अध्यक्षता साथै रबीन मंगर र महेश मंगरको सञ्चालनमा सम्पन्न भएको छ। उक्त चुनावी सभामा स्वागत सम्भाषण सुरज मंगरले राखेका थिए भने सभालाई हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको तीनधारे महानदी समष्टिको जोनल कमिटीको सभापति गणु छेत्री, भूतपूर्व सैनिक संगठनको पक्षबाट गणेश थापा र प्रार्थी नवराज छेत्रीले सम्बोधन गरेका थिए। सभामा भागोप्रमो खरसाङ महकुमा समितिको उप सभापति प्रेम प्रधान, महकुमाको सांगठनिक सचिव राजीव थापा लगायत तीनधारे महानदी समष्टिको सभापति रबीन सुब्बा, सचिव सञ्जीव लामा, सांगठनिक सचिव सुदन लकान्द्री, युवा शक्ति तीनधारे महानदी समष्टिको सभापति केवल राई, सचिव सञ्जीव मंगर, हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको केन्द्रीय सल्लाहकार शेखरचन्द्र प्रधान, खरसाङ महकुमा समितिको सभापति सागर गुरुङ लगायत अन्यहरू उपस्थित रहेका थिए। सभामा भागोप्रमो तीनधारे महानदी समष्टिको प्रार्थी नवराज छेत्रीले आफ्नो सम्बोधनमा चुनाव जितेको खण्डमा जोगामाया चियाबारीको विभिन्न समस्याहरू समाधान गर्ने वचन दिएका छन्।











