खरसाङ: खरसाङ विधानसभा समष्टिको लागि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको उम्मेद्वार अमर लामाले खरसाङ बजार क्षेत्रमा आफ्नो चुनाव प्रचार गरेका छन्। उनलाई चुनावमा विजय गराउन हेतु खरसाङ टाउन कमिटीकोे पहल अनि महकुमा क्षेत्रका चुनाव प्रभारी समीर दीप ब्लोन अनि खरसाङ नगरपालिका क्षेत्रका चुनाव प्रभारी सबिता कार्की कोे उपस्थितिमा सूचिबद्ध तालिकालाई अघि बढाउँदै आज चौथौ दिनको प्रथम चरणमा खरसाङको वार्ड नम्बर ७ सुबेदार बस्तीबाटट वार्डका सदस्यहरुसँग भोट अपिल गर्ने कार्यक्रमम सम्पन्न गरिएको छ। यसको लागि वार्ड नम्बर ७ अनि वार्ड नम्बर १६ मा चुनाव कार्यलयकोे उद्घाटन गरेर भोट अपिल गरे। यसरी नै भागोप्रमोका अध्यक्ष अनित थापाकोे वार्ड नम्बर १७ अनि १८ मा वार्डका मतदाताहरुसँग भेटघाट गरी टर्च लाइटकाे चिन्हमा भोट दिएर अपिल गरे। त्यसरी नै भने दोस्रो चरणमा वार्ड नम्बर १४, १९ अनि वार्ड नम्बर २० मा चुनाव प्रचार गरिएको छ। यसावधि आफ्नो बहुमूल्य भोट क्षेत्रीयता बचाउने पार्टी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाकोे चुनाव चिन्ह टर्च लाइटमा भोट दिएर बिजय गराई दिने आग्रह गरिएको छ। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ टाउन कमिटीका मूल सचिव बीरबल पाख्रिनले विस्तृत रुपमा जानकारी गराएका छन्।










