भागोप्रमो पुल बिजनबारी गोक समष्टि महासचिव विनय सुब्बाद्वारा एक परिवारलाई छानो प्रदान

IMG-20250514-WA0234

बिजनबारी: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पुल बिजनबारी गोक समष्टिको महासचिव बिनय सुब्बाले आर्थिक रूपमा कमजोर रहेका एक परिवारलाई घरमा लगाउने छानो (च्यादर) प्रदान गरेका छन्। दार्जिलिङ पुलबजार खण्ड अधीनस्थ गोक एक ग्रामको कमजेर निवासी ओमप्रकाश राईलाई उक्त परिवारलाई छानो प्रदान गरेका छन्। बुधबार ग्राम पञ्चायतको प्रतिनिधिहरुको साथमा परिवारकै दलानमा पुगी सुब्बाले छानोमा आवश्यक तीन बन्डल च्यादर प्रदान गरिएका छन्। यस अवसरमा गोक एक ग्राम पञ्चायत प्रधान एलिना रसाइली, भागोप्रमो गोक एक अध्यक्ष भीम सुब्बा समष्टि युवा शक्ति अध्यक्ष सनित लामा, ग्राम कमिटी सदस्य दिपेन खरेल लगायत स्थानीय प्रतिनिधिहरुको विशेष रूपमा उपस्थिति रहेकोे थियो।

About Author

Advertisement