भागोप्रमो तीनधारे महानदी समष्टिको कमिटीमा नयाँ पदाधिकारीहरु नियुक्त

photocollage_202533193536311

तीनधारे: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको सांगठनिक गतिविधिलाई अझ दह्रिलो बनाउन पूर्ण तामाङलाई समष्टिकाे उप सभापतिको रुपमा, बिनोद गुरुङलाई समष्टिकाे सह सचिवमा रुपमा नियुक्त गरिएको छ। त्यसरी नै तीनधारे क्षेत्रको चारवटा बुथहरुलाई लिएर खण्ड समिति गठन गर्नलाई सभापतिको रुपमा साजन दर्जी र सचिवको रुपमा अनिल राईलाई नियुक्त गरिएको छ। दुवैलाई तीनधारे क्षेत्रका चारवटा बुथहरु क्रमैले मिठाईडाँडा, शंकर निवास, राजबारी र क्रिकेट बजार क्षेत्रलाई लिएर गठन गरिने खण्ड समितिको कमिटीलाई १५ दिनभित्रमा पूर्णाङ्क कमिटी गठनको लागि जिम्मेवारी प्रदान गरिएको छ।‌ त्यसरी नै युवा शक्ति तीनधारे महानदी समष्टिको उप सभापतिको रुपमा सुभम प्रधानलाई अनि युवा शक्ति तीनधारे महानदी समष्टिको सांगठनिक सचिवको रुपमा बिक्की पाख्रिनलाई नियुक्त गरिएको छ। सबैलाई खदार्पणसहित नियुक्ति पत्र प्रदान गरिएको छ।

About Author

Advertisement