भागोप्रमो तीनधारे महानदी समष्टीद्वारा घैयाबारीमा मिशन जागरण सभा सम्पन्न

IMG-20240219-WA0195.jpg

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टीको घैयाबारी ग्राम पञ्चायत तीनको बुथ नम्बर ५४ र ५५ लाई मिशन जागरण सभा सम्पन्न भएको छ। भागोप्रमो तीनधारे महानदी समष्टीको पार्टी कार्यालयमा सम्पन्न सभाको अध्यक्षता भागोप्रमो खरसाङ महकुमा समितिको उप सभापति प्रेम प्रधानको अध्यक्षतामा सम्पन्न भएको छ। भागोप्रमो केन्द्रीय अध्यक्ष अनित थापाको निर्देशनमा ग्राम पञ्चायत क्षेत्रमा शुरु गरिएको मिशन जागरण कार्यक्रम अन्तर्गत तीनधारे महानदी समष्टीको पहिलो सभा घैयाबारीमा सम्पन्न गरिएको छ। सभालाई भागोप्रमो तीनधारे महानदी समष्टीको सभापति राजीव थापा, युवा शक्ति तीनधारे महानदी समष्टीको सभापति एंव घैयाबारी ग्राम पञ्चायत तीनको उप प्रधान केवल राई, पञ्चायत प्रधान सुष्मा वाईबा, पञ्चायत समिति सदस्या कुसुम तामाङ, नारी शक्ति तीनधारे महानदी समष्टीको नारी शक्ति सभापति निरा प्रधान आदिले वक्तव्य राखेका थिए। सभामा वक्ताहरूले भागोप्रमोको तीनधारे महानदी समष्टीमा सांगठनिक गतिविधि र मिशन जागरण विषयमा वक्तव्य राखेका थिए। सभामा सभाध्यक्ष भागोप्रमो खरसाङ महकुमा समितिको उप सभापति प्रेम प्रधानले वक्तव्य राख्दै मिशन जागरण र पार्टी अध्यक्ष अनित थापाको यसमाथि रहेको उद्देश्य विषयमा बताउँदै सभामा उपस्थित सबैलाई धन्यवाद दिएका थिए। सभामा भागोप्रमो तीनधारे महानदी समष्टीको पदाधिकारीहरू, घैयाबारी ग्राम पञ्चायत तीन अन्तर्गत नयाँ कमान, सिलिम हिल, जोगमाया चियाबारी क्षेत्रका पदाधिकारीहरू एंव कार्यकर्ताहरू उपस्थित रहेका थिए। सभापछि पत्रकारहरूसित कुराकानी गर्दै युवा शक्ति तीनधारे महानदी समष्टीको सचिव सञ्जीव मंगरले सभा विषयमा बोल्दै मिशन जागरण अन्तर्गत तीनधारे महानदी समष्टीको पहिलो सभा घैयाबारीको बुथ नम्बर ५४ र ५५ लाई लिएर आयोजना गरिएको बताएका छन्। उनले भाजपा सरकारले गोर्खाहरूलाई झूटो आश्वासन मात्रै दिएको तर केही नदिएको भन्दै भाजपाले स्थायी राजनैतिक समाधान साथै ११ जात गोष्ठीलाई जनजातिको मान्यता दिने भनिए पनि नदिएको बताए। भाजपाले केवल झूटको राजनीति गरेको बताउँदै अब जनतालाई जागरूक गराउन यो मिशन जागरण शुरु गरिएको बताए।

About Author

Advertisement