भागोप्रमो तीनधारे खण्ड समितिको पूर्णाङ्क कमिटी गठन

IMG-20250322-WA0291

तीनधारे: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टि अन्तर्गत तीनधारे क्षेत्रको बुथ कमिटीहरुलाई लिएर सांगठनिक सभा सम्पन्न भएको छ। उक्त सभा तीनधारे चियाबारी, राजबारी, शंकर निवास, क्रिकेट बजार, मिठाईडाँडा र सत्र माइल आदि बुथहरुलाई लिएर तीनधारेमा सांगठनिक सभा सम्पन्न भएको छ। उक्त सभा भागोप्रमो तीनधारे महानदी समष्टिको सांगठनिक सचिव रवि सुब्बाको अध्यक्षतामा र युवा शक्ति तीनधारे महानदी समष्टिको सचिव सञ्जीव मंगरको सञ्चालनमा‌ सम्पन्न भएको छ‌। सभालाई तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री, समष्टि सभापति राजीव थापा, अनिल राई, रबीन गजमेर, सीबी भुजेल, सनबहादुर तामाङ लगायत अन्यहरुले वक्तव्य राखेका थिए। यसै सभामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे खण्ड समितिको पूर्णाङ्क कमिटी गठन गरिएको छ। उक्त तीनधारे खण्ड समितिको नयाँ कमिटीमा‌ सभापति र सचिवको रुपमा साजन दर्जी र अनिल‌ राईलाई भागोप्रमो केन्द्रीय संस्थापक अध्यक्ष अनित थापाकोे निर्देशनमा कहिलेबाट नै नियुक्त गरिएको थियो। शनिबार भएको सभामा पूर्णांक कमिटी गठन गरिएको छ। यस कमिटीमा उप सभापतिहरु क्रमैले सुमन लोहार, रबीन गजमेर, पुकबहादुर नेवार, सह सचिवमा विशाल गुरुङ, दिलबहादुर पोर्तेल, सोनाम लामा, रोहण गुरुङ, सांगठनिक सचिवको रुपमा प्रतिक प्रधान, कोषाध्यक्ष सचिन प्रधान, सह कोषाध्यक्ष दिपराज प्रधान, प्रमुख सल्लाहकारमा बिनय छेत्री, रोहित दर्जी, सत्यम छेत्री, रवि सुब्बा, अञ्जन राई, सुस्तम नेवार आदि चयन भएका छन्।
उक्त तीनधारे खण्ड समिति गठन र सांगठनिक सभा विषयमा पत्रकारहरुसित कुराकानी गर्दै सीबी भुजेल र सचिव अनिल राईले विस्तृत रुपमा जानकारी गराएका छन्।

About Author

Advertisement