भागोप्रमो टोलीद्वारा खरसाङ नगरपालिका क्षेत्रमा हाउस फर अल योजनाको लगातार निरीक्षण

IMG-20230401-WA0163.jpg

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ टाउन कमिटीद्वारा धारावाहिक कार्यक्रम गर्दै खरसाङ नगरपालिकाद्वारा सरकारी आवास योजना हाउस फर् अल लिएर लाभार्थीहरूलाई घर बनाउनमा भईरहेको समस्या विषयमा निरीक्षण गरी रिपोर्ट तयार गर्ने कार्य लागातार रूपमा गरिरहेका छन्। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ टाउन कमिटीद्वारा रिपोर्ट तयार पारेर जीटीएका मुख्य कार्यपाल तथा भागोप्रमोका अध्यक्ष अनित थापालाई सुम्पने कार्य भईरहेको छ। यसै क्रममा भागोप्रमो खरसाङ टाउन कमिटीको टोलीले खरसाङ नगरपालिकाक वार्ड नम्बर १९ को क्याम्प साइड तथा उजेरी बस्तीमा लगभग ६० देखि ६५ लाभार्थीहरूको घर दैलोमा गएर निरीक्षण गरी रिपोर्ट तयार पारेका छन्। यस कार्यमा १९ नम्बर वार्डका पूर्व वार्ड पार्षदिका देवकी प्रधान सुब्बा, उजेरी बस्ती युवा शक्ति अध्यक्ष, सुभाष गुरुङ तथा २० नम्बर वार्ड का संयोजक, निमा लामाकाे सहयोगमा निरीक्षण गरेका छन्। त्यसरी नै ढाढ़ गाउँका युवा शक्तिका सचिव तथा टाउन कमिटीको कार्यकारी सदस्य मुनाम लामाको सहयोगमा लगभग २६ घर अनि फाँटक डाँड़ामा लाभार्थीहरुसँग भेटघाट गरेर रिपोर्ट तयार गरेका छन्। यस धारावाहिक कार्यक्रममा भागोप्रमो टाउन कमिटीका अध्यक्ष राजु शर्मा, सह सचिव बीरबल पाख्रिन, सांगठनिक सचिव रंजन गजमेर, टाउन कमिटी नारी शक्तिका अध्यक्षा सबिता कार्की, उपाध्यक्षा पञ्चु बल, कार्यकारीणी सदस्य राजेन प्रधान, कल्याण मोक्तान, प्रणय तामाङ, सन्नी तामाङ, रमोद गुरुङ, संतोष पहरी वार्ड नम्बर १९ प्याटेन्ट बडीका सचिव, टाउन कमिटी कार्यकारीणी सदस्य) साथै टाउन कमिटी नारी शक्तिका, कार्यकारीणी सदस्या नितु गुरुङ लगायत १९ नम्बर वार्ड फाँटक डाँड़ा नारी शक्ति प्रतिनिधि मीरा शर्मा, रेणुका लेप्चा, राखी भुजेल, उर्मिला मंग्रती, ११ नम्बर वार्ड का नारी शक्तिका सह सचिव रोशनी लामा, विशेष रूपमा उपस्थित रहेका थिए भनी भागोप्रमो खरसाङ टाउन कमिटीको प्रचार प्रसार सचिव सञ्जय रावतले जनाएका छन्।

About Author

Advertisement