भागोप्रमो टुंग-सन्त मेरिज समष्टिको प्रार्थी नुरी शेर्पाको चुनावी सभा सम्पन्न

Nuri-Sherpa

सोनादा: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा टुंग सन्तमेरिज समष्टिअन्तर्गत दिलाराम चिया बगानस्थित ग्राम सुधार समिति भवनमा चुनावी सभा राजेश गुरूङको सभापतित्वमा १७३ अनि १७४ बुथका प्रतिनिधिहरूलाई लिएर सम्पन्न भयो। सभालाई सम्बोधन गर्दै वक्ताहरुले पहाडमा एकमुठी जनता भएको राजनीतिक दलहरूले जीटीए चुनावको विरोध गरी हेर्यो तर फेरि उनीहरु नै बिना जर्सि फुबल खेल खेल्नु मैदानमा निस्किरहेको छ तर जनताले अब बुझ्यो कि त्यो नाटक गर्ने दलहरूको विचारधारा ठीक नभएको भनी बताएका छन्। १७३ अनि १७४ बुथका जनताले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा टुङ्ग सन्तमेरिज समष्टिको प्रार्थी नुरी शेर्पालाई भारी मतले विजय गराउने वचन दिएको पनि वक्ताहरूले बताएका छन्। चुनावी सभालाई विशेष समष्टिको सभापति तथा प्रार्थी नुरी शेर्पा,  महासचिव ललित मुखिया, माध्यमिक शिक्षक संगठनको सभापति अनिल शर्मा, युवा शक्ति सचिव दिपेश तामङ, जोनल सभापति तथा प्रचार प्रसार सचिव बसन्त कुलुङ राईलगायत अन्यले सम्बोधन गरेका थिए। उक्त प्रतिनिधि सभामा युवा शक्ति सभापति उग्रेन घिसिङ, प्राथमिक शिक्षक संगठन सभापति ललित राई, श्रमिक संगठन दिलाराम शाखा सचिव रन्जीप तामङ, १७४ बुथ सचिव अरूण छेत्री, सदस्य नर्बु शेर्पा, नारी शक्ति सभापति कनिसा तामङ, रेवती थापा, रेणुका राई, अन्शु राई, अरूणा राईलगायत दुवैटा बुथका पार्टी कार्यकर्ताहरूको सहभागिता रहेको थियो। सभाको सञ्चालन १७३ बुथको सभापति दिपेश देवानले गरेका थिए।

About Author

Advertisement