भागोप्रमो टाउन कमिटीद्वारा वार्ड नम्बर १४ अनि १८ मा अमृत २.० जल परियोजना देखरेख कमिटीसँगै बुथ कमिटी गठन

IMG-20260228-WA0100

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ टाउन कमिटीकोे पहलमा वार्ड नम्बर १४ कोे महिला कल्याण समिति भवनमा आगामी विधानसभा चुनावको निम्ति बुथ कमिटी साथै अमृत २.० जल परियोजनाकोे निरीक्षण अनि देखरेख गर्न हेतु कमिटी गठनार्थ सभा सम्पन्न भयो। टाउन कमिटी अध्यक्ष राजु शर्माकोे अध्यक्षतामा सम्पन्न भएको सभाको सञ्चालन वार्डका सदस्य रोशन लामा शेर्पाले गरेका थिए। सभामा वक्तव्यको क्रममा टाउन कमिटीका मूल सचिव बीरबल पाख्रिन, महकुमा समिति नारी शक्ति अध्यक्ष तथा खरसाङ नगरपालिका क्षेत्रका चुनाव प्रभारी सबिता कार्की, टाउन कमिटी नारी शक्तिका अध्यक्षा देविका प्रधान सुब्बा , टाउन कमिटी नारी शक्तिका उपाध्यक्ष प्रियंका तामाङले वक्तव्य राखेका थिए। सभामा सभाध्यक्ष राजू शर्माले अमृत २.० परियोजनाको निम्ति वार्ड नम्बर १४ बाट अनुर लामालाई संयोजक अनि कोषाध्यक्ष रबीन गोलेलाई पदभार दिँदै सम्पूर्ण वार्डबाट छनौट गरी कमिटी गठन गर्ने आग्रह गरे। यसको साथै आगामी विधानसभा चुनावकोे निम्ति स्वयं नै संयोजक बसेर कार्य गर्ने घोषणा गरे। दोस्रो चरणमा वार्ड नम्बर १८ मा वार्डका वरिष्ठ सदस्य जेपी तामाङकाे अध्यक्षतामा सभा सम्पन्न भयो। सभाको सञ्चालन टाउन कमिटी नारी शक्तिका प्रचार प्रसार सचिव सुष्मा सुब्बाले गरेका थिए।सभामा वार्ड नम्बर १८ मा वक्तव्य राख्ने क्रममा क्रमशः टाउन कमिटी नारी शक्तिका अध्यक्ष देवकी प्रधान सुब्बा, टाउन कमिटीको मूल सचिव बीरबल पाख्रिन, महकुमा नारी शक्तिका अध्यक्ष तथा खरसाङ नगरपालिका क्षेत्रका चुनाव प्रभारी सबिता कार्की, खरसाङ महकुमा युवा शक्तिका अध्यक्ष प्रेमेन्द्र गुरूङ अनि टाउन कमिटीको सांगठनिक सचिव मैत्र सेन शर्माले वक्तव्य राखेका थिए। सभामा आगामी विधानसभा चुनाव २०२६ को निम्ति वार्ड नम्बर १८ बाट संयोजक रोमा गुरुङ, नयन गुरूङ, कोषाध्यक्ष सुजाता प्रधान, ज्योति थापा, किशोर प्रधान, दिनेश शर्मासँगै ४० जनालाई लिएर कमिटी गठन गरिएको छ। यसको साथै वार्डबाट कुलदीप अग्रवाल, एन गोयंका, नरेन प्रधान, जेपी तामाङ लगायत १२ जना लिएर अमृत २.० परियोजना निर्माण कमिटी पनि गठन गरियो। यसरी भागोप्रमोका केन्द्रिय अध्यक्ष अनित थापाकाे निर्देश बमोजिम टाउन कमिटीकोे पहल धारावाहिक रूपमा सम्पन्न भएको दुइवटै सभामा टाउन कमिटीका उपाध्यक्षद्वव सन्तोष परी, रञ्जन गजमेर, सह सचित रमोद गुरुङ, सांगठनिक सचिव मैत्र सेन शर्मा, कोषाध्यक्ष राजेन प्रधान, २८ नम्बर चिम्नी देउराली समष्टि नारी शक्तिका अध्यक्षा शुष्मा मुखिया,खरसाङ टाउन कमिटी नारी शक्ति कार्यवाहक सचिव प्रियंका तामाङ, सह सचिव लक्की प्रधान उपस्थित थिए।

About Author

Advertisement