खरसाङ: २८ नम्बर खरसाङ चिमनी देवराली समष्टिको खुन्द्रुके अनि चारधुरे गाउँकाे भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा शाखाद्वारा एउटा सांगठनिक सभा जीवन राईकाे अध्यक्षतामा सम्पन्न गरिएको छ। सभामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खुन्द्रुके शाखाको सभापति जीवन राईले संगठन बलियो बनाउने कुरामा ध्याज दिनुपर्ने सबै सबैलाई आह्वान् गरे। सभाको सञ्चालन किशोर राईले गरेका थिए भने प्रतिनिधि राजेस छेत्री, अधिक तामाङ, विनोद राई साथै वरिष्ठ नागरिक सहदेव राई, मनबहादुर तामाङ, पेमा तामाङ, देवेन्द्र छेत्री साथै नारी शक्तिका सदस्याहरू पनि उपस्थित रहेका थिए। सभामा वक्ताहरुले आ-आफ्नो क्षेत्रमा भईरहेको विकास कार्यकाे लागि जीटीए प्रमुख अनित थापा अनि क्षेत्रीय सभासद श्याम शेर्पाप्रति आभार प्रकट गर्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाप्रति सदैव साथमा रहेर अनित थापाको हात बलियो बनाउने बताएको जानकारी प्राप्त भएको छ। सभामा प्रतिनिधि विनोद राईले चुनाव अघिकाे झूटकाे राजनीतिमा नफँस्ने सबैलाई आह्वान् गरेका थिए।










