चुनावी वातावरण हेरेर मात्रै होइन तर संगठनलाई सुदृड बनाएर लानकाे निम्ति नयाँ पदभारहरु सुम्पेको हो: समीरदीप ब्लोन
खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका केन्द्रिय समिति सदस्य अनि टाउन कमिटीका संयोजक समीरदीप ब्लोनकोे दिशा निर्देशमा खरसाङ महकुमा कार्यालयमा खरसाङ टाउन कमिटीकोे सभा सम्पन्न भयो। टाउन कमिटी अध्यक्ष राजु शर्माको अध्यक्षता सम्पन्न भएको सभालाई मूल सचिव बीरबल पाख्रिनले सञ्चालन गर्दै उपस्थित सम्पूर्ण केन्द्रीय समिति, महकुमा समिति तथा टाउन कमिटीका सदस्यहरुसँग परिचय साट्दै सभा विषय लिएर जानकारी दिए। यसको साथै केन्द्रीय अध्यक्ष अनित थापाकाे निर्देश बमोजिम वार्ड नम्बर १७ का निवासी सुरेन कटुवाललाई खरसाङ टाउन कमिटीकोे प्रमुख सल्लाहकारकाे पदभारकाे नियुक्ति पत्र पठन गरेर जानकारी दिए। सभामा टाउन कमिटी अध्यक्ष राजु शर्मा अनि केन्द्रीय सदस्य तथा टाउन कमिटी संयोजक समीरदीप ब्लोनकोे बाहुलीबाट स्वागत गर्दै खदा लगाई नियुक्ति पत्र दिएर पदभार सुम्पेका छन्। त्यसरि नै क्रमशः धेरै समयदेखि पार्टीमा कार्य गर्दै आएका वार्ड नम्बर 4 निवासी किशोरकुमार लिम्बूलाई सल्लाहकार, त्यसरी नै वार्ड नम्बर १४ निवासी अरुण लामा अनि वार्ड नम्बर ७ निवासी अनुराग छेत्रीलाई टाउन कमिटी कार्यकारीणी सदस्यमा नियुक्त गरियो। टाउन कमिटीका कार्यकारीणी सदस्य बिशन तामाङलाई पदोन्नति गरी सांगठनिक सचिवकोे पदभार सुम्पेको छ। सभामा केन्द्रीय सदस्य तथा टाउन कमिटी संयोजक समीरदीप ब्लोनले चुनावी वातावरण हेरेर मात्रै होईन तर सँगठनलाई सुदृड बनाएर लानकाे निम्ति केन्द्रीय अध्यक्षकोे सुझावलाई अघि बढाउँदै यसरी पदभार दिएको बताएका छन्। खरसाङ महकुमा समिति नारी शक्तिका अध्यक्ष तथा खरसाङ नगरपालिका क्षेत्रका चुनाव प्रभारी सबिता कार्कीले टाउन कमिटीकोे पहलमा आकस्मिक सभा बोलाउँदा प्यारेन्ट्स बडी, नारी युवा शक्तिका सदस्यगण उपस्थित हुनु अनित थापाकोे कुशल नेतृत्त्वकोे फलस्वरुप हाे भन्दै आज नियुक्ति पाएका सदस्यहरूलाई बधाई दिए। नव नियुक्त भएका प्रमुख सल्लाहकार सुरेन कटुवालले आफुमाथि विश्वाश गरेर केन्द्रिय अध्यक्ष अनित थापाले सेवा गर्ने मौका दिएकोमा धन्यवाद दिँदै टाउन कमिटीका प्रत्येक सदस्यलाई संगै लिएर कार्य गर्ने छु भन्दै सभालाई संबोधन गरेका थिए। सभामा केन्द्रीय सदस्य तपेस्वर राउत,टाउन कमिटीका उपाध्यक्षद्वय संजय मुखिया, रंजन गजमेर, सांगठनिक सचिव मैत्र सेन शर्मा, सन्नी तामांग , सह प्रचार प्रसार सचिव रवि ताेलंगी, कार्यकारिणी सदस्य रामु राउत, पवन राई, प्रणय तामाङ, टाउन कमिटी नारी शक्ति अध्यक्ष देवकी सुब्बा प्रधान, प्रचार प्रसार सचिवा सुषमा तिरुवा लगायत अन्य वार्ड कमिटी का नेतृत्त्व गण उपस्थित थिए।









