सोनादा: खरसाङ विधानसभा समष्टिको लागि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको उम्मेद्वार अमर लामाले रंगबुल धोतरिया रंगमुक समष्टि अन्तर्गत मुण्डाकोठी चियाबारी, मुण्डा, बाँसघारी, सिडर्स, रंगमुक, चन्द्रमाधुरा क्षेत्रमा भ्रमण गर्दै चुनाव प्रचार गरेका छन्। यस चुनावी प्रचारमा रंगबुल धोतरिया रंगमुक समष्टिको सभासद एंव जीटीएको डेपुटी चेयरम्यान राजेस चौहान, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको खरसाङ महकुमा समितिको सभापति सुमन बम्जन लगायत अन्यहरु उपस्थित रहेका थिए। खरसाङ विधानसभा समष्टिको लागि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको उम्मेद्वार अमर लामाले यस क्षेत्रका स्थानीय मानिसहरुसित भेटघाट गर्नुको साथै विभिन्न समस्याहरु सुन्नुको साथै आफ्नो पक्षमा भोट गर्न अपिल गरेका छन्। यस अवसरमा उम्मेद्वार अमर लामाको पक्षमा मुण्डा बाँसघारीमा चुनावी सभा पनि आयोजना गरिएको थियो। यस अवसरमा प्रार्थी अमर लामाले चुनावी सभालाई सम्बोधन गर्दै आफु जितेर विधानसभमा पुगेको खण्डमा चियाबारी श्रमिकहरुको लागि आवाज उठाउने र चियाबारी श्रमिकहरुको लागि ठोस काम गर्ने बताएका छन्। उनले यसपाली विधानसभा चुनावमा हाम्रो मैनबत्तीबाट बदली भएर टर्च लाइट भएको छ र यी दुवै चिन्हले उज्यालो दिने नै हुन्। सबैको कुनै भूल नगरी चुनावमा टर्च लाइटकाे चिन्हमा भोट दिएर जिताउने आह्वान् गरेका छन्। उनले आज दिनु होइन मांग्नु आएको र जितेर गएपछि चियाबारी श्रमिकहरुको आवाज बनेर काम गर्ने अनि जनताको लागि दिनरात काम गर्ने बताए।

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको उम्मेद्वार अमर लामाको चुनावी भ्रमण र चुनावी सभा विषयमा पत्रकारहरुलाई सम्बोधन गर्दै क्षेत्रीय सभासद एंव जीटीएको डेपुटी चेयरम्यान राजेस चौहानले विस्तृत रुपमा जानकारी गराएका छन्।









