भागोप्रमोको धरणा प्रदर्शन एक प्रकारले ड्रामा जस्तै हो: सांसद राजु विष्ट

Screenshot_20240212_192037_Samsung-Internet.jpg

सिलगढी: आजदेखि पहाड़मा भागोप्रमोले गरिरहेको धरणा प्रदर्शन एक प्रकारले ड्रामा जस्तै लागेको छ भनी दार्जीलिङका भाजपा सांसद राजु विष्टले बताएका छन्। उनले भागोप्रमोको धरणा प्रदर्शन विषयमा बाघडोगरा हवाई अड्डामा पत्रकारहरूसित बोल्दै आफ्नो प्रतिक्रिया दिएका छन्। उनले भने, आज भागोप्रमोले गरेको धरणा प्रदर्शनमा भागोप्रमोले राजु विष्ट जिन्दावाद भनेकोमा खुशी व्यक्त गर्दै धन्यवाद दिँदछु। मलाई जसरी केही हुनेवाला छ भनेर याद छ त्यसरी नै भागोप्रमोको शीर्षस्थ नेताहरूलाई थाहा छ कि केही राम्रो कुरा हुनेवाला छ भनेर त्यसैले यो धरणा शुरु गरेको हुनुपर्छ। उनीहरूको मुद्दा कहिले पनि गोर्खाल्याण्ड र जनजातिको मुद्दा हुँदैन थियो तर चुनावको बेला अचानक धरणाको माध्यमले जनजातिको मुद्दा बनाएको छ।’
सांसद विष्टले अघि भने, ‘जुन पार्टी विकासको नाममा अघि आएको छ तर विकास क केही भएको छैन अनि जनताले हजारौं करोड़को विकासका योजनाहरू कता गयो भनी प्रश्न गरिरहेका छन् र त्यसलाई लुकाउन पनि यो धरणा गरिएको हुनुपर्छ। त्यसरी नै टिस्टा बाढ़ पिढीतहरूका छ महिनाभित्रमा ५०० घर बनाउनु पर्ने र पाँच महिना त गईसकेको छ र त्यसलाई लुकाउन पनि यो धरणा हुनसक्छ।’

सांसद राजु विष्टले पत्रकारहरूका प्रश्नको उत्तर दिन्दै गोर्खा र पहाड़सित सम्बन्धित मुद्दामाथि केन्द्र सरकारले चाढ़ै केही घोषणा गर्न सक्छ तर काम नै नगरी श्रेय लिने बानी परेकाहरूले यसरी श्रोय लिनलाई नै धरणा शुरु गरिएको हुनसक्ने पनि बताएका छन्। उनले संसदको अधिवेशन सकिए पनि सरकार रहेको बताउँदै कुनै पनि समय केही ठूलो घोषणा हुनसक्ने पनि बताएका छन्।

About Author

Advertisement