भागिप्रमो टुंगो सन्त मेरिज समष्टिकि कर्मी सभा सम्पन्न

IMG-20260222-WA0067

पहाडको तीनजना विधायकहरुले जनताको लागि विधानसभामा‌ बोल्न सक्छ: अनित थापा

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा टुंग सन्तमेरिज समष्टिको कर्मी सभा समष्टिको मार्गरेट्स‌ होपमा सम्पन्न भएको छ। यस कर्मी सभामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय संस्थापक अध्यक्ष अनित थापा, महासचिव अमर लामा, उपाध्यक्ष प्रमोस्कर ब्लोन, खरसाङ पञ्चायत समिति सभापति अनु छेत्री लगायत पञ्चायत समिति सदस्यहरु, पञ्चायत सदस्यहरु, समष्टिको नारी, युवा, ट्रेड युनियन लगायत विभिन्न भातृ संगठनका प्रतिनिधिहरु उपस्थित रहेका थिए। यस कर्मी सभामा स्वागत सम्भाषण क्षेत्रीय सभासद नुरी शेर्पाले राखेका थिए।‌ यसै कार्यक्रममा टुंग‌ सन्त मेरिज समष्टि अन्तर्गत सिंगेल चियाबारीको सात नम्बर गाउँ क्षेत्रबाट अन्य पार्टीबाट लगभग ३० परिवारले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन्। सामेल हुनेहरुलाई भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय महासचिव अमर लामा र क्षेत्रीय सभासद नुरी शेर्पा र अन्यको बाहुलीबाट खदार्पणसहित पार्टीको झण्डा प्रदान गरेर पार्टीमा स्वागत गरिएको छ। टुंगो सन्त मेरिज समष्टिमा आयोजित कर्मी सभालाई सम्बोधन गर्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय संस्थापक अध्यक्ष एवं जीटीएको प्रमुख कार्यपाल अनित थापाले भने, ‘पहाडले भाजपालाई भोट दिएर जिताएको २० वर्ष भयो‌। तर भाजपाले पहाडलाई झुक्काएको पनि २० वर्ष भयो‌। तर जसरी भाजपाले २० वर्षसम्म झुक्कायो अब त्यसरी नै पहाडले भाजपालाई पनि झुक्काउनुपर्छ। टुंग‌ सन्त मेरिज समष्टिले पनि झुक्काउनुपर्छ। नत्र हामी सदैव झुक्केको झुक्केको भएर गन गन गर्दै बस्नु मात्र हुन्छ।’ अनित थापाले अघि भने, ‘पहाडको तीनजना विधायकहरुले सरकार बनाउन सक्दैन अनि सरकार ढाल्न पनि सक्दैन तर सरकारसित मिलेर काम गर्न सक्छ। जनताको लागि विकास गर्नलाई विधानसभामा जनताको आवाज उठाउन सक्छ। त्यसैले पहाडको लागि हाम्रो तीनजना विधायकहरुलाई भोट हाल्नु पर्छ।’ अनित थापाले अझ भने, ‘संसदको भोटमा गोपाल लामालाई आफ्नै गाउँले‌ पनि झुक्कायो।‌ तर गोपाल लामा जस्तो इमान्दार, शिक्षित, अनुभवी व्यक्तिलाई झुक्कायो र हरायो। तर जसले भोट पाएर जितेर गयो धन्यवाद भन्नु पनि आएन। भाजपाले भोट पनि माग्दैन, धन्यवाद भन्नु पनि आउँदैन तर पनि जित्छ। यसपाली तेस्तो हुनु हुँदैन।‌ ८६ सालदेखि नै बंगाल हाम्रो चिहान भन्ने चलन छ। तर त्यो मानसिकता परिवर्तन गर्न आवश्यक छ।

टुंग सन्तमेरिज समष्टि दार्जिलिङ जिल्लाम प‌र्छ अनि दार्जिलिङ बंगालभित्र पर्छ। तब म सरकारसित मिलेर काम गरेको हो कारण हामी बंगालमा बस्छौँ। बंगालमा बसेपछि बंगालसित मिल्नुपर्छ। तर बंगालमा बसेर दिल्लीसित मिलेर हुँदैन। बिहार र आसामसित मिलेर हुँदैन।’
जीटीए‌ प्रमुख अनित थापाले टुंग सन्तमेरिज समष्टिभित्र रहेका विद्यालयहरुको नयाँ भवन निर्माण गरिने पनि वाचा गरेका छन्।

About Author

Advertisement