भागाेप्रमो खरसाङ टाउन कमिटीकोे सांठगनिक सभा सम्पन्न

IMG-20241216-WA0237

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ टाउन कमिटीकोे प्यारेन्ट बडी, नारी शक्ति अनि युवा शक्ति तथा खरसाङ नगरपलिका अन्तर्गत वार्ड नम्बर एकदेखि वार्ड नम्बर २० नम्बरका सम्पूर्ण वार्डको प्रतिनिधिहरुलाई लिएर सभा सम्पन्न भयाे। सभामा सर्वप्रथम भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा टाउन कमिटी प्यारेन्ट्स बडीका कार्यकारिणी सदस्य रवि तोलङ्गी र प्रकाश सेवाले भारतीय दलित साहित्य अकाडेमीकाे तर्फबाट अम्बेडकर फेलोशिप राष्ट्रीय पुरस्कार प्राप्त गरेकोमा खरसाङ टाउन कमिटीकोे पक्षबाट खदा लगाएर बधाई दिदै स्वागत गरियो। धेरै दिनपछि टाउनद्वारा राखिएको यस सभाकोे मुख्य उद्देश्य प्रत्येक वार्डमा संगठनको गतिविधि जान्न साथै कमिटीलाई सुदृढ बनाएर अनित थापाको हात बलियाे बनाउन थियो भने वार्डका तीनैवटा प्यारेन्ट बडी, नारी शक्ति अनि युवा शक्तिका प्रतिनिधिहरूसँग सांगठनिक विषय लिएर चर्चा परिचर्चा गरियो। सभामा २० वटै वार्डबाट उपस्थित भएका वार्ड प्रतिनिधिहरु, सदस्य समर्थकद्वारा पार्टी अध्यक्ष अनित थापाको कुशल नेतृत्वमा भईरहेको विकासमूलक कार्यहरु कस्तो प्रकारले हुँदैछ त्यसको रिपोर्ट पनि लिएका थिए। संयुक्त रुपमा डाकिएको सभालाई सम्बोधनको क्रममस टाउन कमिटी प्यारेन्ट्स बडी कार्यवाहक अध्यक्ष संदीप बल, युवा शक्तिका कार्यवाहक अध्यक्ष बन्धन लामा, टाउन कमिटी नारी शक्तिका अध्यक्ष्या देवकी सुब्बा प्रधान, सांगठनिक अनि सचिवा दीपा छेत्रीले वक्तव्य राखेका थिए। सभाको सञ्चालन टाउन कमिटीका कार्यवाहक सचिव बीरबल पाखरीनले गर्दै खरसाङ अंतर्गत पर्ने २८ नम्बर समष्टि अनि २९ नम्बर समष्टि अनि नगरपालिकाभित्र पर्ने बीसैवटा वार्ड ॐकाे मतदाताहरुको विस्तृत जानकारी उपस्थित सम्पूर्ण टाउन कमिटी अनि वार्डका प्रतिनिधिहरूलाई दिए। सभाध्यक्ष राजु शर्माले आफ्नो सम्भाषणसंगै सभा समाप्तिकाे घोषणा गरे। आजको सभामा टाउन कमिती प्यारेन्ट्स बडीका उपाध्यक्ष पुष्प प्रधान, सह सचिव संजय मुखिया, सल्लाहकार भोला रावत, कोषाध्यक्ष राजेन प्रधान, २८ नम्बर समष्टि नारी शक्ति अध्यक्षा सुष्मा मुखिया, टाउन कमिटी नारी शक्ति उपाध्यक्षा चित्रकला लामा, सांगठनिक सचिवा डोल्मा जिम्बा, युवा सह सचिवा निर्मला बराइली, सरिता मुखिया, यूवा शक्तिका अध्यक्ष कमलेश राई, उपाध्यक्ष योगेश गुरुंग, सागर थापा, सांगठनिक सचिव अमित थापा, सह सचिव दिपेन राई, कोषाध्यक्ष बिमल थापा लगायत कार्यकारिणी सदस्य सदस्या अंजय तोलेंगी सपना सेवा, डिम्पल लामा अनि अमित लामा लगायत अन्य सदस्य सदस्याहरु उपस्थित थिए।

About Author

Advertisement