भाइस एडमिरल दिनेश कुमार त्रिपाठीलाई भारतीय नौसेनाको अध्यक्ष नियुक्त

नयॉं दिल्ली: केन्द्र सरकारले भाइस एडमिरल दिनेश कुमार त्रिपाठीलाई भारतीय नौसेनाको अध्यक्ष नियुक्त गरेको छ। उनी अहिले नौसेना उपप्रमुखको रूपमा कार्यरत छन्। वर्तमान नौसेना प्रमुख एडमिरल आर. हरि कुमार ३० अप्रेल दिउॅंसो सेवानिवृत्त भइरहेका छन्।

भाइस एडमिरल त्रिपाठीले सोही दिन नयॉं नेवी चीफको रूपमा कार्यभार सम्हाल्ने छन्।

भाइस एडमिरल दिनेश कुमार त्रिपाठीलाई १ जुलाई, १९८५ मा भारतीय नौसेनाको कार्यकारी शाखामा नियुक्त गरिएको थियो। नौसेनामा अहिलेसम्म उनको लगभग ३९ वर्षको विशिष्ट सेवा रहेको छ। उनलाई संचार र इलेक्ट्रोनिक युद्धमा विशेषज्ञता प्राप्त छ।

नौसेना उप प्रमुखको रूपमा कार्य सम्हाल्नअधि उनले पश्चिमी नौसेना कमानको फ्ल्याग अफिसर कमाण्डिङ इन चीफको रूपमा कार्य गरेका थिए। उनी परम विशिष्ठ सेवा मेडल, अति विशिष्ठ सेवा मेडल र नौसेना मेडलले सम्मानित भइसकेका छन्।

भाइस एडमिरल डीके त्रिपाठीले भारतीय नौसेनाका जहाजहरू विनाश, किर्च र त्रिशूलको कमान पनि सम्हाले छन्। उनले विभिन्न महत्वपूर्ण परिचालन र स्टाफ नियुक्तिहरूमाथि पनि काम गरेका छन्, जसमा पश्चिमी फ्लीटको अपरेशन अधिकारी, नौसेना संचालन निदेशक, नयॉं दिल्लीमा प्रधान निदेशक, नेटवर्क सेण्ट्रिक अपरेशन्स र प्रधान निदेशक, नौसेना योजना सामेल छन्। रियर एडमिरलको रूपमा उनले नौसेना स्टाफका सहायक प्रमुख (नीति एवं योजना) र पूर्वी फ्लीटका फ्ल्याग अफिसर कमाण्डिङको रूपमा कार्य गरेका छन्।

About Author

Advertisement