दार्जीलिङ: भष्ट्राचारीहरूसँग लडन अब जनताले पनि कम्मर कस्नुपर्छ, उक्त मन्तव्य हाम्रो पार्टीको केन्द्रीय साङ्गठनिक सचिव विक्रमादि राईले गरेका हुन। स्थानीय एक हलमा आज हाम्रो पार्टीको सभा सम्पन्न भयो। आयोजित सभामा पार्टी केन्द्रीय अध्यक्ष अजय एडवार्ड्स विशेष रूपमा उपस्थित रहेका थिए। त्यसरीनै पार्टी केन्द्रीय महासचिव फुर्तेम्बा भोटिया लगायत केन्द्रीय शीर्ष नेतृत्वहरूको उपस्थिति रहेको थियो। आयोजित सभालाई सम्बोधन गर्ने क्रममा पार्टीको केन्द्रीय साङ्गठनिक सचिव विक्रमादि राईले भष्ट्राचारीहरूसँग लडन अब जनताले पनि कम्मर कस्नुपर्छ भन्ने आहवान गरे। तिनले अधि भने, पञ्चायत चुनाव आउँदैछ, अब हुने पञ्चायत चुनावमा हामी सवै एकबद्ध भएर भष्ट्राचारीहरूलाई रोक्न पर्छ,भष्ट्राचारीहरूलाई रोक्न हामी विफल बन्यौ भने पहाडमा दुई गुणा भष्ट्राचार बढेर जानेछ, राईले भने। तिनले अघि भने, अब हुने पञ्चायत चुनावलाई तपाई-हामीले जीटीए चुनावलाई जस्तो हेर्नु हुँदैन। तिनले अघि भने, हामी कसैको विरोधी होइनौ,हामीले भष्ट्राचारको विरोध गरेका हौ अनि हामी भष्ट्राचारीहरूको विरोधी हौ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले भष्ट्राचार रहित कामहरू गऱ्यो भने हामीलाई उनीहरूको विरोध गर्ने जरूरत नै पर्दैन,उनीहरूको भष्ट्राचारी आचरणको कारणले गर्दानै हामीले भष्ट्राचारको विरोध गरेका हौ। हाम्रो पार्टीको आफ्नै छुटटै राज्यको मुद्दा यथावत छ तर भष्ट्राचार, धाधली, घोटाला आदि जस्ता विषयहरूको विरोध गर्दा हामी हाम्रो मूल मुद्दामाथि केन्द्रित हुनसकेका छैनौ, हाम्रो पार्टीको कसैसँग ब्यक्तिगत दुश्मनी छैन, नीतिको विरोध छ अनि यो कुरा उनीहरूलाई पनि थाहा छ, सरकारलाई पनि थाहा छ, सवैलाई छ, हामीले भष्ट्राचारको विरोध गर्दा उनीहरूले हामीसँग दुश्मनीको भावना राख्छ भने त्यसलाई स्वीकार गछौ, राईले भने। हाम्रो पार्टीको विरोधमा बोल्नलाई वीजीपीएमलाई एक दुई जना ब्यक्तिहरूलाई भाडामा राखेको छ अनि उनीहरूले सामाजिक सञ्जालहरूमा हाम्रो पार्टीको विरोधमा बोल्दैछन, लेख्दैछन तर उनीहरूले बोलेको र लेखेको बयानहरूमाथि आम जनताको मन्तव्यहरू पनि हेर्न पर्छ, आफ्नो बयानमाथि कतिको गाली खादैछु भन्ने पनि बुझ्नु पर्छ, राईले भने।










