भष्ट्रचार,धाँधली अनि जनताको पक्षमा हाम्रो पार्टी चुप लागेर बस्ने छैन: सुमन गुरूङ

IMG-20230401-WA0170.jpg

दार्जीलिङ: सभासदको कार्यप्रति हाम्रो पार्टीले कठोर विरोध जनाएका छन्। गत केही दिन अघि हाम्रो पार्टीको मिरिक ब्राञ्च कमिटि अध्यक्ष प्रशान्त लामाले केन्द्रको हर घर जल योजनामा ७ प्रतिशत लिने गरेको प्रमाणको साथ सार्वजनिक गरेको भन्दै अध्यक्ष लामाले सार्वजनिक गरेको सत्य तथ्यहरूलाई ढाक छोप गर्न मिरिक २४ नम्बर समष्टिको सभासदले मिरिक थानामा प्राथमिकी दर्ता गरेको बताएका छन्। मिरिक २४ नम्बर समष्टिको हाम्रो पार्टी अध्यक्ष सुमन गुरूङले सभासदले उठाएको कदममाथि चर्को आवाज विरोध जनाउँदै अध्यक्ष प्रशान्त लामा विरूद्व दर्ता गरिएको प्राथमिकीलाई सत्य तथ्यदेखि जनतालाई अन्धकारमा राख्ने प्रयास रहेको बताएको छ। उनले यस विषयमा भने, ‘हाम्रो पार्टीको मिरिक ब्राञ्च कमिटि अध्यक्ष प्रशान्त लामाले भष्ट्रचार,धाँधली अनि अन्याय विरूद्व आवाज उठाउने काम गरेको थियो अनि उक्त आवाज भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सभासदलाई सहन नहुँदा हाम्रो पार्टीको ब्राञ्च कमिटी अध्यक्ष प्रशान्त लामा विरूद्व प्राथमिकी दर्ता गरेको छ।सभासदको यस कार्यलाई हामी कठोर शब्दमा निन्दा गर्छौं।’
उनले अघि भने, भागोप्रमोको सभासदले यस्तो तल्लो स्तरको राजनीति गर्ने काम नगरोस। यदि उनी जनताको पक्षमा काम गर्छु भनेर राजनीतिमा आएको हो भने जीटीए चुनावको अवधि आफुले जनतासँग गरेको वाचाहरू पूरा गर्ने काम गरोस्। जीटीए चुनावको अवधि उनले २४ नम्बर समष्टिको बाटो बनाई दिने, समाज घर बनाई दिने आदि जस्ता धेरै कुराहरू गरेर जनतालाई आशा देखाएको थियो तर अहिलेसम्म उनले गरेको वचनहरू एउटै पनि पूरा गरेको छैन। जहाँ जहाँ भष्ट्रचार हुन्छ,धाँधली हुन्छ,त्यहाँ त्यहाँ हाम्रो पार्टी खडा भएको हुनेछ। गाउँका साधरण मानिसहरूले डर,भय अनि सन्त्रासहरू देखाएको उनीहरू भष्ट्रचार,धाँधली भएको देख्दा पनि बोल्न सक्दैन। तर हाम्रो पार्टी निडरतासाथ बोल्ने छ अनि हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले पनि जनताको हितमा यस्ता आवाजहरू उठाई रहनेछ।’
अध्यक्ष लामाले अझ भने, ‘तिमी जे गर्छौं गर तर भष्ट्रचार,धाँधली अनि जनताको पक्षमा हाम्रो पार्टी चुप बस्ने छैन।’ समष्टि अध्यक्ष सुमन गुरूङसंग शैलेन्द्र गुरूङ,सुदेश सुब्बा,नीरज सुब्बा, योगेन लेप्चा आदि साथमा थिए।

About Author

Advertisement