भलिबल टुर्नामेण्टमा सी. नाइट्स च्याम्पियन

IMG-20230605-WA0190.jpg

५ जूनः राजबारी खेलकुद संघ, दार्जीलिङको तत्त्वावधानमा आयोजित पहिलो राजबारी ओपन नक्आउट भलिबल प्रतियोगितामा सी. नाइट्स च्याम्पियन भयो। दीपक जूनियर हाई स्कूल नजिक राजबारी खेल मैदानमा आइतवार भएको फाइनल म्याचमा सी. नाइट्सले दार्जीलिङ युनाइटेडलाई २५-१६, २५-१७, २६-२४-ले पराजित गऱ्यो। यस भलिबल प्रतियोगितामा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी रनरअप् हुने टीमलाई ट्रफीको साथमा २५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो।

संक्षिप्तमाः
च्याम्पियनः सी. नाइट्स
रनरअप्ः दार्जीलिङ युनाइटेड
प्लेयर अव् द म्याचः इमरान हुसेन (सी. नाइट्स)
प्लेयर अव् द टुर्नामेण्टः साइरस गुरुङ (दार्जीलिङ युनाइटेड)
बेस्ट टीमः एस स्पाइकर्स (सूम टी स्टेट)

About Author

Advertisement