भर्ती घोटालामा पक्रा परेकाकुन्तलको चिनार पार्कस्थित आवास पुग्यो ईडीको टीम

IMG-20230410-WA0169-11-300x172-2

कोलकाताः शिक्षक भर्ती भ्रष्टाचार मामिलामा पक्रा परेको कुन्तल घोषको चिनार पार्क स्थित आवासमा अचानक प्रवर्तन निदेशालय (ईडी) को एक टीम पुग्यो। सूत्रहरू अनुसार, ईडीका अधिकारीहरूले आवासमा पुगेर स्थानीय मानिसहरूसित कुराकानी गरे। निवासीहरूसित कुरा गरेपछि ईडी अधिकारी त्यस फ्ल्याटमा पनि गए जहाँ कुन्तल बस्थ्यो। अब त्यहाँ अन्य परिवार बस्दछ। सूत्रहरू अनुसार, ईडीका अधिकारीहरूले केही बेरसम्म उनीहरूसित कुरा गरी आवासबाट बाहिर निस्के।

उल्लेख्य, कुन्तललाई पक्राउ गरेको लगभग १० महिनापछि ईडीका अधिकारी उसको आवासमा गएका छन्। यद्यपि, ईडी सूत्रहरू अनुसार, त्यस आवासमा गौ तस्करी मामिलाको मुख्य आरोपित इनामुल हकको एउटा फ्ल्याट छ। यद्यपि, ईडीका अधिकारी कुन जाँचको निम्ति आवास गएका थिए, यो स्पष्ट छैन।

-हिस

About Author

Advertisement