भद्रपुरमा ५८ ग्राम ब्राउन सुगरसहित बाबुछोरा पक्राउ

IMG-20241015-WA0130

झापा (भद्रपुर): ठूलो मात्रामा प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित प्रहरीले झापाको भद्रपुरबाट भारतीय बाबुछोरालाई पक्राउ गरेको छ।
भद्रपुर ५ बसपार्कमा रहेको न्यू बान्तवा होटलबाट भारत विहार किसनगञ्ज जिल्ला ठाकुरगञ्ज पंचायत उर्दु कोलोनी ८ बस्ने ३८ वर्षीय जमकोद खान र उनका छोरा १८ वर्षीय आयान खान लागूऔषधसहित पक्राउ परेका हुन्। उनीहरुको साथबाट प्लास्टिकसहित ५८ ग्राम १० मिलिग्राम ब्राउनसुगर बरामद भएको छ। होटलमा लागूऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी टोलीले होटलमा पुगेर बाबुछोराको शरीर तलासी लिएको थियो।

About Author

Advertisement