दार्जिलिङ: दार्जिलिङ सदरं ४-समष्टि अन्तर्गत भक्ते बस्तीको मुख्य सड़क अविरल वर्षाको कारणले पहिरोको चपेटमा परेको थियो। यसले गर्दा साधारण मानिसहरूलाई यातायात गर्नमा धेरै असुविधा भइरहेको थियो। यसैले आज भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा केन्द्रीय अध्यक्ष एवम् जीटीए मुख्य कार्यपाल अनित थापाको पहलमा साथै सदर ४ समष्टि संयोजक पारस छेत्री, दार्जिलिङ महकुमा समितिका साङ्गठनिक सचिव नरेश प्रधानको अगुवाईमा उक्त क्षेत्रका पार्टी कार्यकर्ताहरूलाई लिएर पहिरो सोरेर बाटो खोल्ने कार्य सम्पन्न गरियो।










