ब्ल्याकमेलिङ गर्दै नाबालिकासित प्रेमीले दुष्कर्म गरेको आरोपमा प्रेमी पक्राउ

IMG_20230213_205810.jpg

सिलगढी: ट्युसन पढ़ने क्रममा साथीसित प्रेम भएपछि भीडियो कलको माध्यमद्वारा तिनीहरूले कुराकानी गर्नथालेका थिए।यस अवधि प्रेमीले आफ्नो प्रेमिकाको केही अश्लिल फोटोहरू स्क्रिन सर्ट गरेर राखेपछि यहीँ फोटोको आड़मा ब्ल्याकमेल गरेर नाबालिका प्रेमिकासित बारम्बार दुष्कर्म गरेको बताइएको छ। त्यस समय प्रेमिकाले डरले गर्दा कसैलाई यसबारे केही भनेकी थिइनन्। जब प्रेमीले प्रेमिकालाई बिहेको लागि फेरि ब्ल्याकमेल गर्न शुरू गरेपछि प्रेमिकाले लगभग ६ वर्ष पुरानो प्रेमीविरुद्ध सिलगढी महिला थानामा एउटा लिखित अभियोग दर्ता गरिन् । अभियोगको आधारमा पुलिसले आरोपी प्रेमीलाई पक्राउ गरेको छ। स्मरण रहोस्, वर्ष २०१८ मा सिलगढीको विधान रोडमा ट्युसन पढ़न जाँदा नाबालिकाको बाबुपाड़ा निवासी अभिजीत बर्मनसित मित्रता भयो। बिस्तारै बिस्तारै यो सम्बन्ध प्रेममा परिणत भयो। यसपछि प्रेमी अभिजीत वर्मनले प्रेमिकासित भीडियो कलमा कुराकानी गर्ने क्रममा नाबालिकाको केही अश्लिल फोटोहरू स्क्रिन सर्ट गरेर राखेका थिए। प्रेमी अभिजीतले सोही फोटोहरु देखाएर नाबालिकासित बारम्बार शारीरिक सम्बन्ध बनाएको आरोप रहेको छ। यसपछि उक्त नाबालिका पढ़ाईको लागि कोलकाता गएपछि तिनीहरूमाझ दूरी बढ्न थाल्यो प्रेमी अभिजीतले नाबालिकालाई बिहे गर्नको लागि दवाउ दिनथाले। नाबालिकाले अस्वीकार गरेपछि अभिजीतले एकपल्ट फेरि उक्त फोटोहरू सोशल मीडियामा भाइरल गरिदिने धम्की दिन थाले। यसपछि प्रेमिकाले उक्त युवकविरुद्ध महिला थानामा लिखित अभियोग दर्ता गरेपछि पुलिसले अभियोगको आधारमा गत राति बाबुपाड़ाबाट अभिजीत बर्मनलाई पक्राउ गरेको बताइएको छ। पुलिसले अभिजीतविरुद्ध पोस्को एक्ट अन्तर्गत मामिला दर्ता गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

About Author

Advertisement