ब्रूट बोइज च्याम्पियन

IMG-20240729-WA0258

सिलगढी: खयेरझोड़ा फरेष्ट भिलेजमा पवित्र संघको तत्त्वावधानमा आयोजित रत्नबहादुर भुजेल र बद्रीनाथ शर्मा स्मृति दुईदिने नक्आउट फूटबल टुर्नामेण्टमा ब्रूट बोइज च्याम्पियन भयो। खयेरझोड़ा खेल मैदानमा आइतवार भएको फाइनलमा ब्रूट बोइजले आयोजक पवित्र संघलाई पेनल्टी शूटआउटमा ३-२-ले पराजित गऱ्यो। नियमित समयको खेलमा दुवै टीमले गोल गर्न सकेन। यसअघि खेलिएको दोस्रो सेमिफाइनलमा ब्रूट बोइजले मुण्डा ब्रदर्सलाई १-०-ले पराजित गरेको थियो। यसरी पहिलो सेमिफाइनलमा पवित्र संघले ट्रेक्टर एसोसिएशनलाई पेनल्टी शूटआउटमा ४-३-ले पराजित गरेको थियो। म्याचको नियमित समयमा दुवै टीमले गोल गर्न सकेन। यस नाइन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी रनरअप् हुने टीमलाई २० हजार रुपियाँको साथमा आकर्षक ट्रफी प्रदान गरियो। व्यक्तिगत पुरस्कारहरूमा पवित्र संघका अभय थापाले प्लेयर अव् द म्याच (फाइनल)-को पुरस्कार जिते। यसबाहेक ब्रूट बोइजका सत्यम शर्माले प्लेयर अव् द टुर्नामेण्ट र अंकित सीबी-ले बेस्ट गोलकीपरको पुरस्कार जिते। फेयर प्ले ट्रफी मुण्डा ब्रदर्सले जित्यो।

About Author

Advertisement