ब्रिगेड मैदानमा प्रधानमन्त्रीको कार्यक्रममा मुख्यमन्त्रीलाई निम्तो

IMG-20260312-WA0031

कोलकाता: पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीलाई कोलकाताको ब्रिगेड मैदानमा हुने कार्यक्रममा सहभागी हुन औपचारिक निम्तो पठाइएको छ। उक्त कार्यक्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी हुने कार्यक्रम छ।
स्रोतका अनुसार केन्द्रीय सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीले मुख्यमन्त्री ममता बनर्जीलाई पत्र लेख्दै कार्यक्रममा उपस्थित हुन आग्रह गरेका छन्। कार्यक्रम अर्को शनिबार कोलकाताको ब्रिगेड मैदानमा आयोजना हुने बताइएको छ।
कार्यक्रमका क्रममा पश्चिम बंगालमा निर्माणाधीन विभिन्न राष्ट्रिय राजमार्ग परियोजनासँग सम्बन्धित विकास कार्यको उद्घाटन तथा शिलान्यास गरिने बताइएको छ। ती परियोजनाले राज्यको यातायात पूर्वाधार सुदृढ बनाउन र आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
तर मुख्यमन्त्री ममता बनर्जी उक्त कार्यक्रममा सहभागी हुने वा नहुनेबारे अहिलेसम्म स्पष्ट भएको छैन। यस विषयमा मुख्यमन्त्री कार्यालयबाट हालसम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन।
राजनीतिक वृत्तमा भने अब राज्य सरकारले उक्त निम्तोबारे कस्तो निर्णय लिन्छ भन्ने विषयमा चासो बढेको छ।

About Author

Advertisement