ब्राउन सुगर सहित युवक पक्राउ

गान्तोक: सोरेङ पुलिसले ड्रग्स सहित एक युवकलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपी च्याखुङ सोरेङ जिल्ला अन्तर्गत च्याखुङ निवासी प्रशान्त गुरूङकोरूपमा पुलिसले चिन्हित गरेको छ। आरोपी ड्रग्स बिक्रेताको नामले च्याखुङमा चिनिने गरिन्छ। पुलिसले आरोपीबाट ११.७३ ग्राम्स ब्राउन सुगर,१८.७५ ग्राम्स गाँजा लगायत नगद पनि फेला पारेको छ। आरोपीविरूद्ध पुलिसले एनडीपीएस एक्ट १९८५ अन्तर्गत मुद्दा दर्ता गरेको छ।

About Author

Advertisement