ब्राउन सुगर सहित एक युवक पक्राउ

si-5

गान्तोक: सिक्किम पुलिसले ड्रग्समुक्त राज्य बनाउने उद्देश्यले केही महिनादेखि अभियान शुरू गरेको छ। यस अभियानअन्तर्ग हालसम्म धेरै जना ड्रग्सको धन्दामा लिप्त हुनेहरूलाई पक्राउ गरिसकेको छ। यसै क्रममा सदर पुलिसले हिजो ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको जानकारी गराएको छ। पुलिसले जानकारी गराए अनुसार पक्रा पर्ने आरोपी पश्चिम बंगालको खरसाङ निवासी समिर प्रधानकोरूपमा पुलिसले चिन्हित गरेको छ। आरोपीको मूल घर खरसाङ भएता पनि केही वर्षदेखि उनी सिच्छेमा बसोबासो गर्दै आइरहेको पुलिसको भनाइ रहेको छ। आरोपीबाट पुलिसले १५.३५ ग्राम्स ब्राउन सुगर फेला पारेको छ। पुलिसले थप जानकारी गरे अनुसार आरोपी प्रधान सिच्छेमा शंकास्पद अवस्थामा घुमिरहेको देखेपछि सदर थानाका एसआई कुमाल मोहराको नेतृत्वमा गएको टोलीले पक्राउ गरेको हो। आरोपीले उक्त ब्राउन सुगर प्लास्टिकको थैलीमा लुकाएर बेच्न लागेको बेलामा पक्रा परेका हुन्। सदर पुलिसले आरोपीविरूद्ध एनडीपीएस एक्ट १९८५ अन्तर्गत मुद्दा दर्ता गर्दै केरकार गरिरहेको छ।

About Author

Advertisement