सिक्किम: ब्राउन सुगर सहित एक पक्राउ

IMG-20240227-WA0275.jpg

गान्तोक: सदर पुलिसले नशालु पदार्थसहित एक युवकलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपी माल्दा वान्सवारी निवासी गौरव सिंहकोरूपमा पुलिसले चिन्हित गरेको छ।

पुलिस रिपोर्ट अनुसार, आरोपी सिंहलाई संदिग्ध अवस्थामा देउराली स्कूल सडक परिसरमा घुम्दै गरेको विश्वासनीय सुत्रले पुलिसलाई सूचित गरेको थियो। उक्त सूचनाको आधारमा सदर थानाका प्रभारी सोवित कुमार छेत्रीको नेतृत्वमा गएको टोलीले आरोपीलाई विद्यालय परिसरको सडकमा देखेपछि पक्राउ गरिएको हो।

आरोपीलाई पक्राउ गरेपछि छानवीन गर्ने क्रममा ९३.४९ ग्राम संदिग्ध ब्राउन सुगर फेला पारेको जानकारी गराइएको छ। पुलिसले आरोपी सिंह विरूद्ध सदर थानामा एनडीपीएस एक्ट १९८५ अन्तर्गत मुद्दा दर्ता गरेर केरकार गरिरहेको छ।

About Author

Advertisement