ब्राउन सुगरसितै एक व्यक्ति पक्राउ

IMG-20250704-WA0093

गान्तोक: सदर थाना पुलिसले ब्राउन सुगरसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपी शिव गुरूङ मूलरूपमा अप्पर देन्ताम निवासी रहेको पुलिसले बताएको छ। केही वर्षदेखि उनी बोझोघारीमा बस्दै आइरहेका थिए। पुलिसले आरोपीबाट ३६.२४ ग्राम्स ब्राउन सुगर फेला पारेको छ। घटना क्रमअनुसार आरोपीलाई टाशी भ्यु पोइन्टमा नशालु पदार्थ बिक्री गर्दै गरेको अवस्थामा पक्राउ गरेको हो। विश्वसनीय सूत्रले पुलिसलाई आरोपी गुरूङले टाशी भ्यु पोइन्टमा नशालु पदार्थ बिक्री गरिरहेको सूचना दिएको थियो। पुलिसले सूचनाको आधारमा आरोपीलाई पक्राउ गरेको हो। आरोपीविरूद्ध एनडीपीएस एक्ट १९८५ अन्तर्गत सदर थानामा मुद्दा दर्ता गर्दै केरकार गरिरहेको छ।

About Author

Advertisement