ब्राउन सुगरसहित लेटाङका बिष्ट पक्राउ

IMG-20240611-WA0119.jpg

बिराटनगर: लागुऔषध ब्राउन सुगर सहित पुलिसले एक जनालाई पक्राउ गरेको छ। कोशी प्रदेश पुलिस कार्यालयको प्रादेशिक अनुसन्धान समुहबाट खटिएको पुलिस टोलीले सोमबारजुन १० मा अपरान्ह लागुऔषध ब्राउन सुगरसहित मोरङ लेटाङ नगरपालिका-९ का २२ बर्षीय प्रबिन बिष्टलाई पक्रउ गरेको हो।

मोरङको बिराटनगर महानगरपालिका-१५ स्थितमा चेक जाँचको क्रममा बिष्टको साथबाट ब्राउन सुगर ९ ग्राम ३१ मिलिग्राम सहित पक्राउ गरेको कोशी प्रदेश पुलिस कार्यालय बिराटनगरले जनाएको छ। लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका उनको ईलाका पुलिस कार्यालय रानीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

About Author

Advertisement