ब्राउन सुगरसहित खोरीबारीबाट दुई जना पक्राउ

IMG-20250106-WA0216-1-copy

सिलगढी: खोरीबारी पुलिस थानाले ब्राउन सुगरसहित दुई युवालाई पक्राउ गरेको छ। खोरीबारीको गौरसिंह होल्डिङबाट दुवै युवालाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा अभिरुल सुब्बा र प्रज्जल राई रहेका छन्। पक्राउ परेकाहरू दार्जीलिङको जोरबंगलोका बासिन्दा हुन्। राति अबेर गोप्य स्रोतबाट सूचना पाएपछि पुलिसले खोरीबारीको खानेपानी ट्यांकी नजिकै रहेको गौरसिंहस्थित घरमा छापा मारेको थियो। पुलिसको उपस्थिति थाहा पाएर लागुऔषध कारोबारीहरु घर छाडेर भागेl तर यो घटनामा लागुऔषध किन्न आएका दुई युवा पक्राउ परेका छन्। पक्राउ परेका युवाको खोजी गर्दा ५८ ग्राम ब्राउन सुगर र करिब लाख रुपियाँ बरामद भएको छ। पक्राउ परेका अभियुक्तहरूलाई आज सिलगढी महकुमा अदालतमा पेश गरियो। पुलिसले आरोपीको साथबाट मोटरसाइकल बरामद गरेको छ। साथै पुलिसले फरार लागुऔषध कारोबारीको खोजी शुरु गरेको छ।

About Author

Advertisement