११ अगस्तः पलासबारी टी गार्डन सेण्ट्रल डुवर्स क्लबको तत्त्वावधानमा आयोजित बीर बिर्सा मुण्डा गोल्ड कप फूटबल टुर्नामेण्टमा सिलगढ़ीको ब्राइट स्पोर्टिंग क्लब क्वार्टर फाइनलमा पुग्यो। पलासबारी फूटबल ग्राउण्डमा भएको म्याचमा ब्राइट एससी-ले डुवर्स ट्राइबल एफसी (कैलाशपुर)-लाई २-०-ले पराजित गऱ्यो। म्याचमा दुवै गोल गर्ने विजेता टीमका अलोक रोयलाई प्लेयर अव् द म्याच चयन गरियो।

टुर्नामेण्टको दुईवटा सेमिफाइनल २१ र २४ अगस्तमा खेलिनेछ भने फाइनल २८ अगस्तमा हुनेछ। विजेता हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।









