ब्रह्मपुत्र नदीमा भेटियो महिलाको मृतदेह

IMG-20210511-WA0021_copy_1280x800-750x430.jpg

धुबड़ी: धुबड़ी जिल्लाको चापर थाना अन्तर्गत शालकोसा क्षेत्रमा शनिवार ब्रह्मपुत्र नदीमा एक महिलाको मृतदेह फेला परेको छ मृत महिलाको पहिचान ग्राम चान्दरडिङ्गा निवासी अमीर हुसैनकी पत्नी जाहिदा खातून (३५) को रूपमा गरिएको छ। महिला दुई दिनअघि धानको खेतमा पानी चलाउन गएकी थिइन्, तबदेखि नै महिला हराएकी थिइन्। स्थानीय मानिसहरूलाई आशंका छ, महिलाको कसैले हत्या गरी शवलाई नदीमा फ्याँक्यो सूचना पाएपछि शालकोसा पुलिस घटनास्थलमा पुग्यो र पोस्टमार्टमको निम्ति शवलाई धुबड़ी सिविल अस्पताल पठायो महिला दुई छोरीको आमा थिइन्।

About Author

Advertisement