ब्रह्मकुमारी ईश्वरीयविश्वविद्यालयद्वारा रक्षा बन्धन पर्व पालन

IMG-20250809-WA0140

गान्तोक: ब्रह्मकुमारी ईश्वरीय विश्वविध्यालयको तत्वावधानमा आज गान्तोकको डेभलप्मेन्ट एरियास्थित केन्द्रमा रक्षा बन्धन पर्व पालन गरियो। यस अवसरमा मुख्यमन्त्रीकी धर्मपत्नी कृष्णाकुमारी राई मुख्य अतिथिको रूपमा उपस्थित थिइन्। यसका साथै कार्यक्रममा मन्त्रीहरू पिन्छो नाम्ग्याल लेप्चा, एनबी दाहाल, छिरिङ टी भोटिया, विधायक दिले नामग्याल बर्फुङपा लगायत अन्य अधिकारीहरुको उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि राईले रक्षा बन्धन पर्वको ऐतिहासिक महत्वबारे प्रकाश पार्नका साथै ब्रह्मकुमारी ईश्वरीयविश्वविद्यालयको आध्यात्मिक गतिविधि एवं पहलहरूबारे जानकारी गराइन्। यसैगरी विशिष्ट अतिथि सड़क एवं पुल विभागीय मन्त्री एनबी दाहाल र ब्रह्मकुमारी सिक्किमकी प्रभारी सोनाम दिदीले रक्षा बन्धन पर्वको महत्वबारे प्रकाश पारेका थिए। यसपछि उपस्थित सबै अतिथिहरूलाई ब्रह्मकुमारी दिदी बहिनीहरूले रक्षा बन्धन बाँधेर शुभकामना व्यक्त गरेका थिए। यस अवसरमा वृहत रक्तदान शिविरको पनि शुरु गरियो।

About Author

Advertisement