ब्रदर्स युनाइटेड फूटबल एकाडमी शुरु

IMG-20230307-WA0128.jpg

७ मार्चः स्थानीय खेलाड़ीहरूलाई स्तरीय फूटबल प्रशिक्षण प्रदान गरी शीर्ष स्तरसम्म पुऱ्याउने लक्ष्यको साथ अघि आएका छन् फूटबलर अनि प्रशिक्षक बिदुर छेत्री। आयु वर्गको फूटबलमा मोहन बगानसहित भारतका विभिन्न क्लबबाट खेलिसकेका बिदुरले आफ्ना शुभचिन्तकहरूका सहयोगमा ब्रदर्स युनाइटेड फूटबल एकाडमी शुरु गरेका छन्। एकाडमीमा आर्थिक रूपले बिपन्न परिवारका प्रतिभाशाली खेलाड़ीहरूलाई विभिन्न आयु वर्गमा निशुल्क प्रशिक्षण प्रदान गरिनेछ। हिमाली शहीद नगर नजिक स्थित खेल मैदानमा हरेक दिन दिउँसो प्रशिक्षण प्रदान गरिनेछ। सोमवार भएको एकाडमीको उद्घाटन कार्यक्रममा अतिथिको रूपमा समाजसेवी प्रकाश चन्द्रन, विक्रम राई, मकरधोज तामाङ, अनिल प्रसाद, सञ्जीव छेत्री, सनिप छेत्री, जोन राई, सुगेश लामा, उमेश राई, हरि छेत्री र बीरु घलेसहित अन्य गण्यमान्य व्यक्तिहरूका उपस्थिति रहेको थियो। यस अवसरमा युवा खेलाड़ीहरूलाई उत्साह प्रदान गर्न सीनियर खेलाड़ीहरू सौरभ तामाङ र बीरेन प्रधान पनि उपस्थित थिए। एकाडमीका संस्थापक बिदुरको साथमा सीनियर फूटबलर शुभम लामाले पनि खेलाड़ीहरूलाई प्रशिक्षण प्रदान गर्नेछन्। बिदुर र शुभम दुवैसँग प्रशिक्षणको पनि अनुभव रहेको छ। एकाडमीका संस्थापक बिदुरले युवा खेलाड़ीहरूलाई अघि बढ़ाउने अभियानमा सबैबाट सहयोगको अपील गरेका छन्। लगभग ३० जना खेलाड़ीहरूका साथ शुरु गरिएको यस एकाडमीमा सामेल हुन इच्छुक खेलाड़ीहरूले सीधै सम्पर्क गर्न सक्छन्।

About Author

Advertisement