नयाँ दिल्ली: भारत र न्यूजील्याण्डबीच एम चिन्नास्वामी स्टेडियममा बुधवारदेखि शुरु हुने पहिलो टेस्ट म्याच अघि आयोजक टीमका मुख्य प्रशिक्षक गौतम गम्भीरले बलरहरूका महत्त्व र ब्याटरहरूका आक्रमक मानसिकतालाई अघि ल्याउने मानसिकतामाथि जोर दिए। गम्भीरले भारत र बंग्लादेशबीच कानपुरमा हालै भएको टेस्ट म्याचको याद दिलाउँदै रातो बलको क्रिकेट कसरी विकसित भइरहेको छ भन्ने बताए। कानपुरमा भएको टेस्ट म्याचमा वर्षाले वाधा पुऱ्याए पनि भारतले आक्रामक क्रिकेट खेल्दै लगभग डेढ़ दिनको खेलमा बंग्लादेशलाई पराजित गरी सबैलाई चकित पारेको थियो। न्यूजील्याण्डविरुद्ध पहिलो टेस्ट म्याच अघि गम्भीरले भने, अहिले टेस्ट क्रिकेटमा युग बद्लिएको छ। ब्याटरहरूले जति धेर रन बनाए पनि जीत सुनिश्चित हुँदैन। म्याच जित्न बलरहरूले विपक्षी टीमको २० विकेट लिनु जरुरी हुन्छ। अहिले ब्याटर र बलरहरू दुवै आक्रामक क्रिकेट खेल्न रुचाउँछन्। समयको साथ-साथ जस्तो परिणामहरू अघि आइरहेको छ, त्यसले क्रिकेटमा आएको बद्लाउको प्याटर्न तर्फ इशारा गर्छ। मुल्तानमा हालै खेलिएको टेस्ट म्याचमा पाकिस्तानले पहिला ब्याटिंग गर्दै ५५० भन्दा अधिक स्कोर बनाएको थियो। त्यसपछि ईंग्ल्याण्डले समस्त वाधारहरूलाई पार गर्दै ७ विकेटमा ८२३ रन बनाएर पछिबाट ईनिंग्स र ४७ रनले म्याच जित्यो। बेंगलुरुमा पनि ब्याट र बलबीच लड़ाइँ निःसन्देह हेर्न लायकको हुनेछ कारण भारतको बलिंग आक्रमणमा कौशल र अनुभवको असल मिश्रण रहेको छ।
भारतीय प्रशिक्षक गम्भीर टीमका स्टार ब्याटर विराट कोहलीको खराब फर्मसँग पनि चिन्तित छैनन्। गम्भीरको भनाइअनुसार, कोहलीमा अहिले पनि रन बनाउने त्यति नै भोक रहेको छ जुन पदार्पणको समय थियो। यसैकारण हरेक म्याचपछि आकलन गर्नु सही हुनेछैन। कोहलीले गत ८ वटा ईनिंग्समा केवल एउटा अर्द्धशतक (सेञ्चुरियनमा दक्षिण अफ्रिकाविरुद्ध २०२३-मा ७६ रन) बनाएका छन्। यसैकारण न्यूजील्याण्डविरुद्ध सीरीजको अवधि उनी फर्ममा फर्किनु जरूरी छ कारण भारत नोभेम्बरमा पाँचवटा टेस्ट म्याचको सीरीज खेल्न अष्ट्रेलिया जानेछ। गम्भीरले भने, विराटलाई लिएर मेरो सोच एकदम स्पष्ट रहेको छ। उनी एकजना विश्वस्तरीय क्रिकेटर हुन्। उनले यतिका सालहरूदेखि असल प्रदर्शन गरेका छन्। उनमा पदार्पणमा झैं अहिले पनि रन बनाउने भोक रहेको छ। यही भोकले उनलाई विश्वस्तरीय क्रिकेटर बनाउँछ। उनले यस सीरीज अनि अष्ट्रेलियामा पनि रन बनाउने मलाई विश्वास छ। गम्भीरको भनाइअनुसार, कुनै पनि खेलाड़ीको आकलन एउटा खराब म्याच या सीरीजको आधारमा गर्न सकिँदैन। उनले भने, हरेक म्याचपछि आकलन सही होइन। यो खेल हो अनि यसमा विफलताको सामना गर्नु पर्छ। नतीजा हाम्रो अनुकूल रहे चिन्ताको विषय छैन। कुनै पनि खेलाड़ीले हरेक दिन आफ्नो सर्वश्रेष्ठ प्रदर्शन गर्न सक्दैनन्। हाम्रो काम खेलाड़ीहरूलाई समर्थन गर्नु जारी राख्नु हो। मेरो काम सर्वश्रेष्ठ एकादशको चयन गर्नु हो, कुनै खेलाड़ीलाई बाहिर गर्नु होइन। हामीले ८ वटा टेस्ट म्याच खेल्नु छ अनि सबैजना असल प्रदर्शन गर्न चाहन्छन्।









