ब्यवहारिक कार्य गर्नुपर्छ भन्दै सभासद मिलेस राई सफाई अभियानमा

मिरिक: भाषण मात्र हाेइन नेता भएर ब्यवहारिक कार्य पनि गर्नुपर्छ भन्ने संन्देश प्रभाव गर्दै जीटीए मिरिक थर्बु डुप्टिन समष्टिका सभासद मिलेस राई आइतबार कुटे ,काेदालाे बाेकेर समष्टि अन्तर्गत थर्बु नन्दलाल गाँउकाे धानबारी खेल मैदान परिसरकाे नाला झाेडा सफाई गर्न पुगे। राईकाे नेतृत्वमा गाँउका थुप्रै युवकहरू सफाई अभियानमा सहभागी बन्दै धानबारी खेल मैदान,नाला झाेडाहरूकाे सफाई गरेभने सभासद मिलेस राई आफैले क्षेत्रमा रहेकाे फाेहाेर अनि प्लास्टिकहरूलाई संग्रह गरेर सुरक्षीत स्थानमा तह लगाए। यस अवसरमा धानबारी खेल मैदान परिसरमा भएकाे झ्यारहरू गाेडगाड गर्ने कार्य पनि भयाे भने पानीकाे मुहानहरूमा पनि सफाई गरियाे।यस अवसरमा बाेल्दै सभासद मिलेस राईले आफूले सबैमा श्रमशक्ति विकसित गर्दै ब्यावहारिक कार्य गर्न केही महिना अघिदेखि नै सफाई अभियानमा निस्किएकाे बताए।तिनले साेही सफाई अभियान अन्तर्गत आइतबार थर्बु नन्दलाल गाँउकाे युवकहरूसित मिलेर नन्दलाल गाँउमा सफाई अभियान गरिएकाे जानकारी गराँउदै समष्टिकाे प्रत्येक गाउँ बस्तीमा पालाेसित याे अभियान गरिनेछ भने।तिनले एक थुकी सुकी हजार थुकी नदी भने सरह सबै मिलेर सहकार्य गरेर आफ्नाे ठाँउलाई आफै सफा राख्न सकिन्छ भन्दै सरकार पक्षले पनि सफाईबारे विभिन्न कार्यक्रमहरू गरिरहेकाे छ।यसमा सबैकाे सहभागिता रहे सुनमा सुगन्ध थपिने अनि आफ्नाे ठाउँ स्वच्छताकाे दिशामा अग्रसर बन्नेछ भने।तिनले धानबारी खेल मैदान सीमधाप क्षेत्रमा पर्ने हुनाले यहाँकाे नाला अनि झाेडाहरूलाई ब्यावस्थित गरिने कार्य गरिएकाे साथै यहाँ धेरै पानीकाे स्राेतहरू रहेकाेले संरक्षण गरिने कार्य पनि गरिएकाे बताए। तिनले धानबारी खेल मैदान परिसरमा दुर्लभ हिमालयन स्यालामेण्डर पाइने जसकाे संरक्षणकाे दिशामा पनि कार्य गरिनेछ भने।राईले सफाई अभियानलाई निरन्तरता दिने पनि प्रतिबद्धता प्रकट गरे।यता स्थानीय युवकहरू नवल किशाेर राई अनि प्रशन राईले सभासद मिलेस राईकाे अनुप्रेरणाले आफूहरू सभासदकाे साथमा सफाई अभियानमा निस्किएकाे जानकारी गराँउदै धानबारी खेल मैदानमा वर्षनी विभिन्न खेलकूद कार्यक्रमहरू पनि हुने गरेकाेले खेल मैदानकाे संरक्षणकाेलागि पनि सफाई गरिएकाे बताए।

About Author

Advertisement