बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छेद्वारा अमर लामालाई समर्थन

IMG-20260407-WA0061

क्षेत्रीयता बचाउने काम केवल अनित थापाले मात्र गरिरहेछ: पेम्बा रिम्पोर्छे

खरसाङ: चुनावमा कुनै पनि पार्टी नहेरेर जो मान्छे सही छ र जो‌ असल छ उसलाई भोट दिएर जिताउनु आवश्यक रहेको बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छेले बताएका छन्। उनले खरसाङमा पत्रकारहरुलाई सम्बोधन गर्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको उम्मेद्वार अमर लामालाई जिताउने आह्वान् गरेका छन्। यसपालीको चुनावमा भागोप्रमोको उम्मेद्वार अमर लामालाई किन समर्थन गरेको‌ भन्ने प्रश्नको उत्तरमा रिम्पोछेले भने, अनित थापामा सत्यता रहेछ। अनित थापालाई गोर्खाल्याण्ड बेच्यो भनेर आरोप लगाउँछन् सबैले तर गोर्खाल्याण्ड पाएको भए पो बेच्नु। अनित थापा नै हुन् वास्तवमा क्षेत्रीयता बचाउने नेता।’ उनले अघि भने, अमर लामालाई बाहिरको भनेर आरोप लगाइएयो तर सबैले इतिहास पढ्नु आवश्यक हुन्छ। किनभने बिमल गुरुङले २००९ मा जसवन्त सिंह, २०१४ मा एसएस आहलुवालिया र २०१९ देखि राजु विष्ट सांसदहरु सबै कताका थिए? अमर लामा त हाम्रो आफ्नै दार्जिलिङका हुन्। उनी खरसाङमा आएर काम गरिरहेका छन्। अमर लामालाई जहिले पनि चियाबारी जीटीएमा पर्दैन भनेर भनेको आरोप लगाउँछन् तर त्यो भाइरस भिडियो आधा मात्र हेरेर हुँदैन तर पूरा हेरेर बोलेको राम्रो हुन्छ। किनभने आधा ज्ञान घातक हुन्छ।’
बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छेले आफु धर्म गुरु भएर पनि राजनीति गरेको विषयमा बोल्दै भने, जनताको सेवा गर्ने उत्तम ठाउँ हो राजनीति। राजनीतिमार्फत् जनताको सेवा गर्न असवर मिल्छ र विशेष गरेर राजनीतिमा म‌ गोर्खाहरुको हितमा बोलेको हो।‌ राजनीतिमा‌के सही के गलत हो त्यो बुझ्नु आवश्यक हुन्छ।‌’
बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छेले एक प्रश्नको उत्तरमा भने, म पहिला भाजपामा बसेर हेरे अनि चुनावमा जिताउन धेरै काम गरे। तर भाजपाले गोर्खाको लागि केही गरेन अनि गोर्खाको लागि सिन्का पनि भाँचेन। त्यसरी नै गोर्खाहरुको अभिभावक भनेर बिमल गुरुङलाई सघाए तर खरसाङमा एउटा कार्यालय पनि थिएन र मैले मेरो घरमा नै कार्यालय सञ्चालन गरे। तर गोर्खा भाषाको कुरा गर्दा पार्टीबाट निकाल्यो भन्यो तर म आफै पार्टीबाट निस्केको हो। त्यसपछि मैले अजय एडवर्ड्सलाई केवल भेटेको मात्र हो, सामेल भएको होइन। तर पहिलो दैलो नै झूटो भेटे। अहिले बुझे कि ईण्डियन गोर्खा जनशक्ति फ्रण्ट निजी पार्टी रहेछ र यसको पञ्जीकरण पनि भएको छैन।’
पेम्बा रिम्पोर्छेले अझ भने, सांसद राजु विष्टले एसआईआरमा एकजनाको नाम पनि डिलिट भयो भने राजिनामा दिन्छु भनेको थियो तर खोई अहिलेसम्म? यहाँ धेरैको नाम काटिएको छ तर भाजपाले‌ केही सहयोग गरेको छैन। त्यसैले यसपालीको विधानसभा चुनावमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको उम्मेद्वार अमर लामालाई भोट दिएर जिताउन आह्वान् गर्दछु।’

About Author

Advertisement