दार्जिलिङ: आज सांसद राजु विष्ट दार्जिलिङमा आयोजित अखिल भारतीय तामाङ बौद्ध संघको ३८औँ वार्षिक सम्मेलनमा सहभागी भए। सोनाम ल्होछार २८६२ को यस पावन अवसरमा सबैलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै सामाजिक संजाल मार्फत नयाँ वर्षले सबैका जीवनमा सुख, शान्ति, स्वास्थ्य र समृद्धि ल्याओस् भन्ने कामना गरे।
संजालमा यसबारे व्यक्त गर्दै सांसदले तामाङ भाषा, साहित्य, कला तथा संस्कृतिको विकासका लागि गरिने प्रत्येक प्रयासमा सधैं साथ, सहयोग र समर्थन गर्न प्रतिबद्ध रहेको जनाए।

आजको यस भव्य तथा सुन्दर ३८औँ वार्षिक सम्मेलनमा सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङ, दार्जिलिङका विधायक निरज जिम्बा, कालचिनीका विधायक विशाल लामा, सिक्किम सोरेङ–चाकुङका विधायक आदित्य गोले तथा अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।










