बोड़ो मेच उन्नयनको माग राख्दै पत्रकार सम्मेलन

IMG-20220604-WA0168.jpg

कालचिनी: आगामी ७ जुनको दिन मुख्यमन्त्री ममता ब्यानर्जी अलिपुरद्वारको परेड मैदानमा कर्मीसभा गर्न आउँदैछिन| ८ जुनको दिन सुभाषिनी चियाबारीको मैदानमा सरहुल पुजा साथै सामुहिक आदिवासी गण विवाहमा पनि मुख्यमन्त्री उपस्थित रहने जान्नमा आएको छ| यसै क्रममा कालचिनी खण्डको बोड़ो मेच उन्नयन पर्षद कमिटीद्वारा मुख्यमन्त्री समक्ष बोड़ो मेच जनजातिको विकासको निम्ति बोड़ो विकास बोर्डको दाबी राख्ने जानकारी आज बोड़ो मेच उन्नयन पर्षदको सभापति कृष्ण बसुमता र महासचिव उदय मोचारीले दिएका छन्| प्राय ३ लाख जनसंख्या रहेको बोड़ो मेच जनजातिको विकासको निम्ति गठन गर्ने मुख्यमन्त्रीले गत विधानसभा चुनाउ अघि पनि घोषणा गरेकीले बोड़ो मेच जनजातिमा खुसीको लहर छाएको थियो भने, यसपाली अलिपुरद्वारमा मुख्यमन्त्री स्वयं उपस्थित रहने सुनिएकोले यसपाली बोड़ो मेच उन्नयन पर्षदको पक्षबाट बोर्डको दाबी राख्ने र मुख्यमन्त्रीले अवश्यै पनि यसलाई सहानुभूतिको साथ हेर्ने छिन भनि पूर्ण आस्था रहेको बोड़ो मेच उन्नयन पर्षदको सभापति कृष्ण बसुमता र महासचिव उदय मोचारीले जनाएका छन्|
बोड़ो मेच जनजातिको संस्कृति धनी रहेको तर आर्थिक अवस्थामा निकै पछाड़िएकोले जसरी १६ वटा जातगोष्ठीलाई विकास बोर्ड दिएर उपकार गरेका छन ठीक त्यसरी नै मुख्यमन्त्री ममता ब्यानर्जीले बोड़ो मेच जनजातिको विकासको निम्ति सहानुभूति राख्नेछन भन्ने कुरामा आफूहरू आशावादी रहेको बोड़ो मेच उन्नयन पर्षदको पक्षबाट सभापति कृष्ण बसुमता, चेयरम्यान बिप्लव नार्जीनारी, महासचिव उदय मोचारी र कोषाध्यक्ष शिशिर नार्जीनारीले संयुक्त रूपमा जनाएका छन्|

About Author

Advertisement