कोलकला। बोरिया मजुमदार एकजना राम्रो खेल लेखक हुन्। तिनले प्रायः प्रत्येक खेल अनि खेलाडीहरूको बारेमा पूर्ण जानकारी राख्छन्। पहिला पनि तिनको केही पुस्तकहरूलाई खेल प्रेमीहरूले प्रशंसा गरेका छन्। अब तिनी ललित मोदी अनि आईपीएलमा तिनको योगदानमा एउटा पुस्तक लिएर आएका छन्। जो अंग्रेजीमा छन् साथै बंगला भाषामा पनि रहेको छ। अंग्रेजीमा यस पुस्तकको नाम मैवरिक कमिश्नर- दि आईपीएल ललित मोदी सागा अनि बंगला भाषामा यस पुस्तकको शीर्षक छ प्रमत कमिश्नर-आईपीएल और ललित मोदीको अजाना कहानी।

गत १६ जूनको दिन कोलकता आईटीसी सोनार होटलमा यस दुवै पुस्तकको विमोचन समारोह सम्पन्न भयो। जसमा मुम्बईबाट प्रसिद्ध निर्माता बोनी कपुर पनि उपस्थित थिए साथै बंगला फिल्म जगतको प्रसिद्ध अभिनेता प्रसन्नजीत चटर्जी, गायक अनुपम राय अनि अन्य प्रतिष्ठित मानिसहरू उपस्थित थिए। साथै फिल्म अनि खेलको सम्बन्धमा परिचर्चाको पनि आयोजना थियो। अग्रेजी पुस्तक २१९ पेजको थियो तथा बंगला पुस्तक १९२ पेजको थियो। चाँडै यस पुस्तकमाथि फिल्म बनाइने छ।










