बोइज क्लब एफसीले दर्ता गऱ्यो पहिलो जीत

boxing-._317

गान्तोकः राजधानीको पाल्जोर स्टेडियममा जारी प्रोबो सिक्किम प्रीमियर डिभिजन लिग २०२३ को आज १६औं दिन द्रोणाचार्य पुरस्कारले अभिनन्दित बक्सिङ कोच सन्ध्या गुरूङ मुख्य अतिथिको रूपमा सहभागी बनिन्। आज खेलिएको अति नै रोमाञ्चक खेलमा बोइज क्लब एफसीले सिक्किम युनिकर्न एफसीलाई ४-५ गोलले पराजित गऱ्यो।

यस जीतका साथै बोइज क्लब एफसीले लिगमा आफ्नो पहिलो जीत दर्ता गरेको छ। तीन पोइन्टका साथ सिक्किम बोइज एफसी लिग तालिकाको सातौं स्थानमा रहेको छ। अर्कोतिर, सिक्किम युनिकर्न एफसी आफ्नो नाममा जीत दर्ता गर्न बांकी नै छ। आजको खेलमा बोइज क्लब एफसीका खेलाडी सोनाम लेप्चालाई म्यान अफ द म्याच चयन गरियो।

About Author

Advertisement