सिलगढी: साधारण मानिसहरूको ब्याङ्क अकाउन्ट ह्याक गरेर ठगी गरेको आरोपमा एनजेपी थाना पुलिसले एकजना युवकलाई पक्राउ गरेको छ भने सो युवकलाई आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेका युवक १८ वर्षीय आदर्श सिंहको रूपमा चिन्हित गरिएको छ। पक्रा परेका युवकले मानिसहरूको विभिन्न कागजपत्र तथा ब्याङ्क खाता ह्याक गरेर ठग्दै आइरहेको थियो। केही मामिलाहरू अघि आएपछि एनजेपी थाना पुलिसले हिजो सिलगढीको इस्कन मन्दिर संलग्न अशरफ नगरबाट उक्त युवकलाई पक्राउ गरेको बताइएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार पक्रा परेका युवक ठुलो गुटमा सामेल रहेको छ। युवकविरुद्ध राज्य बाहिर पनि केही मामिला दर्ता रहेको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।










