२९ मईः पेरिस सेण्ट जर्मेन (पीएसजी)-का स्टार फरवर्ड कीलियन एम्बाप्पेले लगातार चौथो साल लीग १ प्लेयर अव् द ईयर पुरस्कार जिते। लीग १ फ्रान्सको शीर्ष घरेलु फूटबल प्रतियोगिता हो। उनले २०१९, २०२१ र २०२२-मा पनि लीग १-मा सर्वश्रेष्ठ खेलाड़ीको पुरस्कार जितेका थिए। यसरी उनी लगातार चार सीजन यस पुरस्कारलाई जित्ने पहिलो खेलाड़ी बने। उनी गत दुई सालदेखि पीएसजी-मा दिग्गज फूटबलर लियोनल मेस्सीसँग खेलिरहेका छन्। मेस्सीको उपस्थितिमा पनि उनले पुरस्कार जित्नु एम्बाप्पेको निम्ति ठूलो उपलब्धि हो। एम्बाप्पेले लीग १-को यस सीजनमा २८ गोलको साथमा ८ वटा एसिस्ट गरे। यस पुरस्कारमा गत केही सालदेखि पीएसजी-का खेलाड़ीहरूको धलिमलि रहेको छ। एम्बाप्पे अघि ज्याटन इब्राहिमोविच (२०१६), एडिन्सन कवानी (२०१७) र नेमार जूनियर (२०१८)-ले यस पुरस्कारलाई हासिल गरेका थिए। उल्लेखनीय छ, पीएसजी-ले शनिवार रेकर्ड ११औं पल्ट लीग १-को खिताब जितेको थियो।








