बेल्जियमका दिग्गज रोमेलु लुकाकुद्वारा अन्तर्राष्ट्रिय फूटबलबाट सन्न्यासको घोषणा

IMG-20261117-WA0050

नयाँ दिल्ली: बेल्जियमका दिग्गज स्ट्राईकर रोमेलु लुकाकुले अन्तर्राष्ट्रिय फूटबलबाट सन्न्यासको घोषणा गरेका छन्। यसको साथै बेल्जियमको निम्ति सर्वाधिक गोल गर्ने लुकाकुको १६ साल लामो यादगार अन्तर्राष्ट्रिय करियरमा विराम लाग्यो। उनले आफ्नो करियरमा बेल्जियमको निम्ति १३५ वटा म्याच खेलेर रेकर्ड ९४ गोल गरे। लुकाकुले सोशल मीडियामा एउटा भावुक सन्देश साझा गरी आफ्नो सन्न्यासको जानकारी दिएका छन्। उनले अक्टोबरमा फ्रान्सविरुद्ध आफ्नो अन्तिम अन्तर्राष्ट्रिय म्याच खेले। यूईएफए नेशन्स लीगको त्यस म्याचमा बेल्जियमले १-४-ले हारको सामना गर्नु परेको थियो। रोमेलु लुकाकु बेल्जियमको राष्ट्रिय टोलीको तर्फबाट सर्वाधिक गोल गर्ने खेलाड़ी हुन्। यस सूचीमा दिग्गज मीडफिल्डर केविन डी ब्रुइन ४१ गोलको साथ दोस्रो स्थानमा छन्। अन्तर्राष्ट्रिय फूटबलमा सर्वाधिक गोल गर्ने खेलाड़ीहरूका सूचीमा लुकाकुभन्दा अघि पोर्तुगलका क्रिष्टियानो रोनाल्डो (१४६), अर्जेण्टिनाका लियोनल मेस्सी (१२६), ईरानका अली दाई (१०८) र भारतका सुनिल छेत्री (९५ गोल) रहेका छन्। आफ्नो सन्न्यास सन्देशमा लुकाकुले राष्ट्रिय टोलीको निम्ति उनले सदा आफ्नो सर्वश्रेष्ठ प्रदर्शन गर्ने कोशिश गरेको बताएका छन्। यसको साथमा उनले आफ्ना साथीहरू, प्रशिक्षकहरू र प्रशंसकहरू प्रति आभार व्यक्त गरेका छन्। लुकाकुले भनेका छन्, मैले यी १६ सालमा राष्ट्रिय टोलीको निम्ति आफ्नो सबैथोक दिएँ। त्यस अवधि मैले हरेक थरीका भावनाहरूको सामना गरे अनि केही असाधारण साथीहरू पाएँ। म उनीहरू सबै प्रति आभारी छु। म ती सबै प्रशिक्षकहरूलाई पनि धन्यवाद दिन चाहन्छु, जसले मलाई प्रेरित गर्नको साथै मेरो क्षमतामाथि भरोसा देखाए। यसरी बेल्जियमका प्रशंसकहरूबाट प्राप्त भएको समर्थनलाई म कहिले भुल्ने छुइनँ। मैले ४ वटा फिफा विश्व कप र ३ वटा यूरोपेली च्याम्पियनशीपमा देशको प्रतिनिधित्व गर्ने अवसर पाएँ अनि यसमाथि मलाई गर्व छ। मेरो अन्तर्राष्ट्रिय यात्रा असाधारण रह्यो अनि मलाई आफ्नो उपलब्धिहरूमाथि गर्व छ। यसबीच बेल्जियम फूटबल महासंघले पनि लुकाकुको उपलब्धिहरूका सराहना गरेको छ। महासंघद्वारा जारी बयानमा भनिएको छ, आफ्नो व्यक्तित्व, नेतृत्व क्षमत, समर्पण र राष्ट्रिय टोली प्रति गहिरो लगावले गर्दा लुकाकुले बेल्जियम फूटबल इतिहासमा खास स्थान बनाएका छन्। केवल १६ सालको उमेरमा अन्तर्राष्ट्रिय करियरको शुरुवात गर्नुदेखि लिएर विश्वका सबैभन्दा ठूलो फूटबल मञ्चहरूमा देशको प्रतिनिधित्व गर्नुसम्मको उनको यात्रा युवा फूटबल खेलाड़ीहरूका निम्ति प्रेरणा हो। उल्लेखनीय छ, लुकाकु बेल्जियमको चर्चित गोल्डन जेनरेशन-को महत्त्वपूर्ण हिस्सा रहे। यस पीढ़ीमा केविन डी ब्रुइन, थिबाट कोर्टुआ, एडन हेजार्ड जस्ता खेलाड़ीहरू सामेल रहे। गत आइतवार नेशन्स लीगमा इटलीविरुद्ध बेल्जियमको ४-१-ले यादगार जीतको अवधि लुकाकु टोलीका हिस्सा थिए तर उनले मैदानमा ओर्लिने मौका पाएनन्।

About Author

Advertisement