बेलबारी महोत्सवकोपहिलो दिन गायक सबिन राईको प्रस्तुति हुने

IMG-20241201-WA0057

बिराट चौक: मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा दिसंबर २सोमबारदेखि बेलबारी खेलकुद प्रवद्र्धन तथा सांस्कृतिक महोत्सव-२०२४ को पहिलो दिन लोकप्रिय गायक सबिन राई र उनको ब्याण्को प्रस्तुति रहेको छ।
स्थानीय एल.एक्स.सिटी फुटबल क्लबको आयोजनामा हुने १७ दिने महोत्सब स्थानीय कलाकारको प्रतिभा प्रष्फुटन गर्ने वातावरण सिर्जना गर्नु, स्थानीय जातजातीको खानपानको विशेषतको चिनारी गराउनु, बेलबारीलाई नेपालमै परिचित गराउनु, जातजातीका झाँकी सहितको सांस्कृतिक कार्यक्रम गरि सबैलाई परिचित गराउनु,स्थानीय खेलकुद प्रवद्र्धन तथा व्यवसायको स्तर वृद्धि गर्नु, बेलबारी नगरको पर्यटकीय स्थललाई परिचित गराउने उद्धेश्यका साथ आयोजना गर्न लागिएको महोत्सबका संयोजक नुतन लिम्ब (मादेन) ले जानकारी दिए।

About Author

Advertisement