बेलबारीगोल्डकप:आयोजकलाई पन्छाउँदै चित्लाङ क्वाटरफाइनलमा

IMG-20241019-WA0217

मोरंग (बेलबारी):आयोजक एलएक्स सिटी फुटबल क्लबलाई पन्छाउँदै काठमांडूको चित्लाङ फुटबल क्लब बेलबारीमा जारी फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ।
७औं बेलबारी आरजु राईस अन्तर्राष्टिय आमन्त्रण गोल्डकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा काठमाडौंले आयोजकलाई ३-२ गोलअन्तरमा पराजित गर्दै क्वाटरफाइनल यात्रा पक्का गरेको हो।
काठमांडूले अक्टूबर २१मा सेमिफाइनल यात्राका लागि सिराहाको सहलेश युवा क्लबसँग खेल्ने छ। घरेलु दर्शकको साथ पाएको आयोजकले मध्यान्तरअघि एक गोलले अग्रता लिए पनि मध्यान्तरपछि पाहुना टोली हाबी हुँदा अन्तिम २ मिनेट आयोजकले आफूलाई समाल्न नसक्दा जित सुम्पन्नु पर्यो।
खेलको १४औं मिनेटमा आयोजकका मिलन राईको पासमा सुशील राईले गोल गर्दै टोलीलाई अग्रता दिलाए। ४७औं मिनेटमा चित्लाङका लागि विदेशी खेलाडी रोर्बटको पासमा सनम धिमालले गोल गर्दै खेललाई बराबरीमा ल्याए।
६२ औं मिनेटमा चित्लाङका कार्लाेसले वान भर्सेस वानमा सुन्दर गोल थप्दै गोल संख्या दोब्बर बनाए। ७४औं मिनेट आयोजकका प्रदीप लामा गोल गर्दै खेल पुनः बराबरीमा आयो।
७६औं मिनेटमा चित्लाङका विदेशी खेलाडी हेनरीले गरेको गोल नै निर्णायक बन्यो। चित्लाङका कार्लाेस प्लेयर अफ द म्याच हुँदै नगद ५ हजार र ट्रफी प्राप्त गरे। मोरङको बेलबारी नगरपालिका-११ लक्ष्मीमार्गको खेल मैदान हुने प्रतियोगिताअन्तर्गत भोलि आइतबार झापा ११ फुटबल क्लब र भोजपुर जिल्ला फुटबल संघबीच हुने खेलको विजेताले सेमिफाइनल यात्रा तय गर्ने छ।

About Author

Advertisement