बेलबारीका बादल अभिनित ‘जंगली काँडा’ सार्वजनिक हुँदै

IMG-20241225-WA0223

मोरंग :बेलबारीका मोडल तथा नायक बादल श्रेष्ठ अभिनित नाट्यकर्मी बारात लिम्बूको निर्देशनमा म्युजिक भिडियो ‘जंगली काँडा’ सार्वजनिक हुने भएको छ। गीतको टाइटलसँगै मंगलबार पोस्टर सार्वजनिक गरिएको छ।
बारात एक दशकदेखि नेपाली रंगमञ्च र फिल्म क्षेत्रमा अभिनय तथा निर्देशन गर्दै आइरहेका छन। गीतको भिडियो चाँडै नै युट्युब च्यानलबाट सार्वजानिक गरिने निर्देशक बारतले बताए।
उनका अनुसार गीतको भिडियोमा मगर गाउँमा होम स्टे सञ्चालन गरेर बसेकी एक युवतीको प्रेम कथा देख्न सकिनेछ। सुमन तामाङले छायांकन गरेको भिडियोको विकास धमलाले सम्पादन गरेका हुन्। कुमार गुरुङको शब्द तथा संगीत रहेको गीतमा नन्दु गुरुङको स्वर छ। गीतको भिडियोमा कलाकार बादल श्रेष्ठ, क्रिस गुरुङ, तुल्सा सरु मगर सहित पूर्व राष्ट्रिय फुटबल खेलाडी सुरेन्द्र तामाङलेसमेत अभिनय गरेका छन्। सिलाम साक्मा प्रोडक्सन हाउसको प्रस्तुति रहेको गीतको पोष्टर अर्जुन खड्काले डिजाइन गरेका हुन्।

About Author

Advertisement